News

आफुलाई राजपाले धोका दिएपछि बाबुराम भट्टराईको कडा टिप्पणी, राजपा नेकपाको जुठोपुरो खान गयो

काठमाडौं, ३ पुष । आफुहरुसंग वार्ता र सम्बादमा हरेको राजपाले एकाएक नेकपासंग चुनावी तालमेल गरेपछि समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् । आफ्नो पार्टीसंग बार्ताका रहेकै अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संग राष्ट्रिय जनता पार्टी (राजपा) बीच सहमति भएपछि उनले कडा टिप्पणी गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष भट्टराईले कुनै पार्टीको नाम नलिइकन नेकपालाई मालिक र राजपालाई दासको संकेत दिएका छन्। उनले दासहरुले मालिकलाई रिझाएर जुठोपुरो चाट्ने प्रवृत्तिले दासहरुको मुक्ति नहुने तर्क राखेका छन् ।

राजपा र समाजवादी पार्टी बीच एकताको प्रक्रिया चलिरहेकै समयमा सत्ता गठबन्धनमा रहेको समकाजवादी पार्टी नेकपासंग निर्वाचनका लागि तालमेलमा गएको हो । राष्ट्रिय सभा निर्वाचनमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने र नेकपाका उम्मेदवारलाई राजपाले सहयोग गर्ने सहमति भएको छ । प्रदेश २ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि राजपासंग यस्तो सहमति भएको हो । प्रदेश २ मा चार सिटमा निर्वाचन हुँदैछ ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपाका नेताहरुलाई नयाँ मालिकको संज्ञा दिएका छन् । कम्युनिष्टका मालिकहरु फुटाउ र राज गरको नीतिमा खप्पिस रहेको बताउँदै नयाँ मालिकहरु झनै धूर्त रहेको प्रतिक्रिया दिएका छन्।

‘उनले लेखेका छन् जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ–दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न’, उनले ट्विटरमा लेखेका छन्, ‘फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पिस छन्। अहिलेका नया मालिकहरू झन धूर्त छन्। खाँचो छ नयाँ स्पार्टाकसको। सबैलाई चेतना भया।’

Related Articles

Back to top button
Close