Sport

तेक्वान्दोमा दोस्रो स्वर्ण जित्दै नेपालले जित्यो पाँच स्वर्ण

१३ औं सागको तेक्वान्दोबाट नेपालले दोस्रो स्वर्ण हातपार्दा पुरा पाँच स्वर्ण जित्न नेपाल सफल भएको छ।नेपालकी सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामा स्वर्ण हात पारेकी हुन्। उनले १७ वर्षभन्दामाथि २३ वर्षभन्दा कम उमेर समूहमा यस उपलब्धि हात पारेकी हुन्।

यसअघि तेक्वान्दोको पुम्सेमै कमल श्रेष्ठले स्वर्ण हात पारेका थिए। त्यसअघि मन्डे श्रेष्ठले कराँतेको कातामा स्वर्ण दिलाएका थिए। कराँतेकै सिनियर महिला टोलीबाट निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले टिम कातामा स्वर्ण जित्दा ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी थिइन्।यी सबै स्वर्ण नेपालले सोमबार हात पारेको हो।

ट्रयाथोलनमा नेपाललाई स्वर्ण
जारी १३औँ साग अन्तर्गत ट्रयाथोलनमा नेपालले स्वर्ण जितेको छ । सोमबार पोखरामा महिलातर्फ भएको प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन् ।नेपालले साग खेलकुद अन्तर्गत ट्रायाथोलनमा स्वर्ण पदक जितेको यो पहिलोपटक हो ।

रजत र कास्य पदक भारतका सोरोजिनीदेवी र प्रग्न्या मोनानले जितेका छन् ।यसैगरी पुरुष ट्रयाथोलनको पुरुषतर्फ भने नेपालका लागि बसन्त थारुले कास्य पदक जितेका छन् ।

Related Articles

Back to top button
Close