Entertainment

आजदेखि एपी वान टेलिभिजनमा नेपाल आइडल सिजन–३ प्रसारण हुँदै, रीमाको ठाउँमा को छन् होस्ट? जान्नुहोस्

काठमाडौं, ३ पुस । एपी वान टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ आजदेखि सुरू हुँदैछ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेपछी आजबाट टेलिभिजनमा प्रशारण सुरू हुन लागेको हो ।

यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै रहने छन् । होस्टको रुपमा अघिल्लो दुई सिजनमा रहेकी रिमा विश्वकर्मा भने यो सिजनमा हुने छैनन् । उनी ‘कमेडियन च्याम्पियन’ सो तर्फ लागेपछि उनको ठाउँमा माम्तीको प्रवेश भएको छ ।

कार्यक्रम राति ८ः३० बजे प्रशारण हुने छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए ।

Related Articles

Back to top button
Close