News

दाङमा दोहोरियो कोहलपुरको जस्तै घट ना : ट्याक्टरको ठ क्करवाट स्कूले बालिकाको निधन, विद्यार्थी आन्दोलित

दाङ, ३ पुष । ट्रयाक्टरको ठ क्करबाट एक स्कूले बालिकाको ज्यान गएपछि दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरबोट सडकखण्ड अवरुद्ध भएको छ । स्कूले विद्यार्थीको निधनपछि आ न्दोलिन विद्यार्थीले सडकखण्ड खवरुद्ध गरेका हुन् । कपुरबोट सडकखण्डमा रहेको गोदामघर नजिक बिहीबार बिहान ट्याक्टरले ठ क्कर दिँदा स्कुल जाँदै गरेकी १३ वर्षीय विजिता केसीको निधन भएको हो । तुलसीपुरस्थित तुलसी आवासीय मावि कक्षा ८ मा अध्ययनरत बालिकालाई ठ क्कर दिएपछि विद्यार्थी सडकमा निस्किएका छन् ।

रा १ प १४३५ नम्बर ट्याक्टरको ठ क्कले दिँदा विजिताको निधन भयो भने उनीसंगै गरेकी १४ वर्षीया मनिषा वली घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते मनिषा पनि विजितासंगै कक्षा ८ की छात्रा हुन्। तीव्र गतिमा आएको ट्रकले स्कुल जाँदै गरेकी विजितालाई ठ क्कर दिँदा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी हरिहरनाथ योगीले जानकारी दिए।

ट्या क्टरको ठ क्करले गम्भिर घाइते भएकी विजितालाई उपचारका लागि तुलसीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ट्रक र चालककलाई निय न्त्रणमा लिएर घट नाको अनुसन्धान भइरहेको जनाएको छ । ट्या क्टर र चालककलाई निय न्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । बाँकेको कोहलपुरमा पनि केही दिन अघि विद्यालय जाँदै गरेकी बालिकालाई ट्र कले ठ क्कर दिँदा निधन भएको थियो । विद्यार्थी र आफन्तको आन्दोलनले कोहलपुरको माहौल दुई दिन सम्म विग्रिएको थियो ।

भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन

भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय श्यया रहेको अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिए । हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी रहेका मध्ये १४५ जना मात्र कार्यरत रहेका छन् । ४० जना चिकित्सकको दरबन्दी भएपनि हाल २६ जना मात्र दरबन्दीमा रहेका छन् ।

पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन् । चार सय आठजना समितिका कर्मचारी कार्यरत रहेका छन् । तीमध्ये ४९ जना चिकित्सक रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले विकास समिति बाहेक स्वास्थ्य सेवाका चिकित्सक,नर्स अनमी गरी ७५७ जनाको नयाँ दरबन्दी प्रस्ताव गरिएको जानकारी दिए ।

अस्पतालको सरसफाइमा अहिले ठेकेदारमार्फत एक सयजना कार्यरत रहेका छन् । क्रमशः अस्पताल विस्तार हुँदै जाँदा सोही प्रक्रियामा सङ्ख्या थप्दै लैजानुपर्ने प्रस्ताव अस्पतालले गरेको छ । अस्पतालमा वार्षिक रुपमा तीन लाख ५० हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । एकै दिनमा दुई हजार २०० सम्म बिरामी बहिरङ्ग सेवा लिन आएको उनले जानकारी दिए ।

चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । अस्पतालमा १९ वटा विभाग सञ्चालमा रहेको छ । काठमाडौँको परोपकार प्रसूति गृहपछि सबै भन्दा बढी सुत्केरी हुने अस्पतालको रुपमा यस अस्पताललाई चिनिने गरिन्छ । अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए ।
मन्त्रिपरिषद्को गत फागुन ३ गतेको बैठकले अस्पताल केन्द्रीयस्तरको बनाउने निर्णय गरेको थियो । थियो । प्रदेश सांसद विजय सुवेदी अस्पताल केन्द्रीय भए पनि सुविधा प्राप्त गर्न नसकेको हुँदा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति केन्द्रीय अस्पताल सरह हुनपर्ने बताए । यस अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाउन सरकारले निर्णय गरेको भए पनि काम हुन नसकेको बताए ।

Related Articles

Back to top button
Close