Video

केशब भट्टराईका १५ वर्षे छोराले लेखेको हृदय बिदारक स्ट्याटस लेख्दै भने, ‘बुवा तपाईलाइ पर्खेर बसेको छु छिट्टै आउनु है’

काठमाडौँ । म’र्ने कसैलाई रहर हुँदैन तर न’मरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन । यो गीत डा कृष्णहरि बरालले रहरले लेखेका होइनन् । समाजका कर्थाथहरुलाई टपक्क टिपेर गीतकार बरालले अन्य गीतहरु जसरी नै शृजना गरेका हुन् । जुन गीत कालजयी बनेको छ । अहिले सुख पर्दा होस् वा दुख पर्दा मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन बजीरहेकै हुन्छ । गुञ्जीरहेकै हुन्छ ।

अझ मानिसहरु जब सँधैका लागी बिदा हुन्छन् यो गीत ठोक्किन आइपुग्छ । बाल गायक प्रेम परियारले गाएको यो गीत यतिबेला चलचित्र विकाश बोर्डका अध्यक्ष तथा निर्माता केशब भट्टराईको जीवन लागू भएको छ । बाबुलाई अल्पायुमा नै गुमाएका छोराले बाबुको सम्झनामा एउटा भावुक स्टाटस लेखेका छन् । जुन स्टाटसले धेरैलाई भावविह्वल बनाएको छ । गत आइतबार राती उनी हृदयघातका कारण निधन भएको हो ।
उनले फेसबुक वलमा लेखेका छन्, अब म क भानु कल्पनै गरेको थिएन । हजुर हाम्रो सामु नभएपनि मलाई थाहा छ हजुर एक न एक दिन बाबु भन्दै आइसिन्छ । मलाई आफैलाई बिश्वास लागेको छैन कि मैले हजुरलाई जलाए । हस्पिटलमा हेर्दा सुतिरहेको जस्तो लाग्याथ्यो तर हजुर केहि बोलिसीएन । किन हो सब जना रोएको थिए । अनि मलाई थाहा भयो किन रोएको । तर मलाई थाहा छ हजुरको शरीर मेरो अगाडी नभए पनि हजुरको जहिल्यै म संग हुनुहुन्छ त्यसैले म भन्दिन रिप । हजुर सधै म संग रहनु हुन्छ लभ यु बुवा । हज्रु म संग हर पल हर क्षण बस्नु है । म सधै तपाइको प्रखाईमा हुने छु बुवा ।

केशब भट्टराई भन्थे ‘कात्रो किन्न चन्दा उठाउन नपरोस्’

स्व. चलचित्रकर्मी एवं चलचित्र विकास बोर्ड अध्यक्ष केशब भट्टराई कलाकार कलाकर्मीको भविष्यप्रति निकै चिन्तित थिए । कतिपय कलाकर्मी एवं प्राविधिकको निधनपछि उनीहरुको परिवारको विचल्ली भएको देखेका भट्टराईले फेरि त्यो दिन नआओस् भन्नका लागि सामाजिक सुरक्षाकोषमा चलचित्रर्मी एवं प्राविधिकलाई आवद्ध बनाउने अभियान सुरु गरेका थिए । अभियानले मुर्त रुप लिन नपाउदै उनको निधन भएको छ । कलाकर्मीका जीवनशैली र सामाजिक सुरक्षाकोषलगायतका विषयमा केन्द्रित रहेर एक साता अघि राजधानी डेलीडटकमका सम्पादक ध्रुव लम्सालले भट्टराईसंग गरेको कुराकानी (स्वर्गिय भट्टराईकै शब्दमा) यहाँ प्रस्तुत गरिएको छ । (अडियो रेकर्ड राजधानीसंग सुरक्षित छ) :

विएस राणाको निधनपछि …

अभिनयमा विषेश छाप छोड्नु भएको छ कलाकार बिएस राणाले । कुनै पनि निर्देशकले उहाँको अभिनयमा खोट लगाउन सक्दैन । खान्दानकै कुरा गर्ने हो भने उहाँ श्री ३ को सन्तान । उहाँले कलाकारिताको क्रममा भारतमा बस्दा धेरै चर्चित नाटकहरुको निर्देशन गर्नु भएको थियो । नेपाली फिल्ममा पनि अभिनयको क्षेत्रमा अतुलनिय योगदान दिनु भएको छ । उहाँको काठमाडौ बाँसबारीमा भब्य बंगला थियो ।

काठमाडौ बस्न थाल्दाको अवस्थामा निकै राम्रै थियो । हरेक मान्छेको जीवन सोचेजस्तै सुखद नहुने रहेछ । जब तन्नेरी उमेरमै उहाँको छोराको निधन भयो , एउटा सम्पन्न परिवार लगभग कंगालको रुपमा परिणत भयो । छोराको निधनको शोकले उहाँको श्रीमती र दुई छोरी अर्धचेतको अवस्थामा पुग्नु भयो । उपचार गर्दा पनि उहाँका परिवारका तीनै सदस्य पुरानै अवस्थामा फर्किन सक्नु भएन । छोरी र श्रीमतीको मष्तिष्कले पुरा काम गर्न नसक्ने भएपछि पारिवारिक जिम्मेवारी राणाकै काँधमा आई प-यो ।

राणा चरित्र अभिनेताको रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली फिल्म उद्योगमा चरित्र अभिनेताको पारिश्रमिकले घर ब्यवहार चलाउन सक्ने अवस्था थिएन । पारिवारिक जिम्मेवारी बढ्दै गएपछि शुभतारा स्कुलमा अंग्रेजी पढाउन थाल्नु भयो । पछि अन्य कलेजमा पनि पढाउनु भयो । त्यति गर्दा पनि उहाँलाई घर चलाउन सहज भएन । बाँसबारीमा रहेको घर बिक्री गरेर भाडामा बस्न थाल्नु भयो । अर्को समस्या के भने उहाँको छोरी र श्रीमती अर्धपागलको अवस्थामा पुग्नु भएको थियो, पुरानो संस्कार अनुसार ठूला कुकुर नपाली नहुने, कुकुर पाल्नका लागि ठूलै घर चाहिने । त्यसकारण पनि उहाँ आर्थिक अवस्था कमजोर हुँदा हुँदै पनि परिवारका सदस्य र कुकुरका लागि भब्य बंगला भाडामा लिन वाध्य हुनुभयो ।

यतिसम्म कि कतिपय चलचित्रकर्मी एवं प्राविधिकको मृ त्युपछि कात्रो किन्दासम्म आम चलचित्रकर्मी मिलेर पैसा उठाउनु पर्ने बाध्यता छ । यस किसिमको स्थिती अबका चलचित्रकर्मी एवं प्राविधिकले भोग्नु नपरोस् भनेर चलचित्र विकास बोर्डको पहलमा आम चलचित्रकर्मीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने प्रयाश सुरु भएको छ ।

जेन तेन राणाले घर व्यवहार चलाउदै हुनुहुन्थ्यो एकदिन राणा आफैं बिरामी पर्नु भयो । एकजना स्टुडियोमा काम गर्ने भाइले शिक्षण अस्पताल महाराजगञ्ज पु¥याउनु भयो । अस्पतालम उपचारको क्रममा उहाँको निधन भयो । राणाको निधन भएको खबर घरमा पुग्यो । उहाँको एउटी छोरी अस्पतालमा निकै ढिला गर्नु भयो । ढिला आउनुको कारण पछि थाहा भयो । छोरीसंग ट्याक्सि चढने पैसा रहेनछ । बस चढेर आउदा ढिला भएछ । हामी शब लिएर घाटमा पुग्यौं । उहाँको श्रीमती र अर्की छोरी पनि घाटमा आउनु भयो । त्यो वेलाको दृृष्य म शब्दमा बर्णन गर्न सक्दिन । उहाँको श्रीमती र छोरीसंग कत्ति पनि पैसा थिएन । त्यहाँ जम्मा भएका हामी चलचित्रकर्मीहरु मिलेर पैसा उठाएर अन्त्यष्टी ग-यौं ।

हाम्रो हिन्दु संस्कार अनुसार क्रिया बस्नुपर्ने हामी तनावमा थियौं कहाँ राख्ने खर्च कसले बेहोर्ने रु श्रीमती र छोरीको क्रिया गर्न सक्ने अवस्था नै थिएन । अर्को चिन्ता थियो यो परिवारको अवको अवस्था के हुने । तीनै जनाको आयस्रोत छैन, दिमागले काम गर्दैन । संयोग बिएस राणाको दाई दिल्लीमा बस्नु हुँदो रहेछ । उहाँ आउनु भयो र तीन जनालाई लिएर जानु भयो । मलाई यो घटनाले निकै छोयो । चलचित्रकर्मीहरु बिरामी हुन्छन्, निधन हुन्छ तनाब आम चलचित्रकर्मीले झेल्नुपर्ने । यस किसिमको दर्दनाक स्थिती अन्त्य कसरि गर्न सकिन्छ उपायको खोजीमाा थिएँ ।

राणाको निधन एउटा प्रतिनिधी घटना थियो । यस्ता समस्या धेरै प्राविधिक एवं चलचित्रकर्मीले भोगेका छन् । फेरि पनि यस्तै समस्या आईनपरोस् भनेर हामीले श्रमजीबी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्ने योजना अघि बढाएका छौं । श्रमजीबी चलचित्रकर्मीको अवस्था अहिले पनि उस्तै नाजुक छ । उमेर छउन्जेल काम गरेपनि उमेर ढल्केपछि जीवनयापन निकै कठिन छ ।

कात्रो किन्न समेत चन्दा उठाउनु पर्ने स्थिती छ

यतिसम्म कि कतिपय चलचित्रकर्मी एवं प्राविधिकको मृ त्युपछि कात्रो किन्दासम्म आम चलचित्रकर्मी मिलेर पैसा उठाउनु पर्ने बाध्यता छ । यस किसिमको स्थिती अबका चलचित्रकर्मी एवं प्राविधिकले भोग्नु नपरोस् भनेर चलचित्र विकास बोर्डको पहलमा आम चलचित्रकर्मीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने प्रयाश सुरु भएको छ । विज्ञको सुझाब सहित कार्य्विधी बोर्ड सदस्य दयाराम दाहालको संयोजकत्वमा बोर्डले एउटा समिति बनाएको छ । जुन समितिमा कलाकर्मीसंग सम्बन्धिन विभिन्न संघ संस्थाका प्रतिनिधी सहित कानुनका विज्ञ राखेर काम गरिरहेका छौं ।

समितिले प्रारम्भिक खाका बनाएर कोषलाई बुझाई सकेको छ । सामाजिक सुरक्षा कोषका सिइओलगायत अन्य प्राविधिक पक्षहरुसंग पटक पटक छलफल गरेपछि हामीले समिति बनाएका हौं । हामीले छुट्टै समिति बनाएर कार्य्विधी बनाउनुको कारण अहिले बनेको सामाजिक सुरक्षा कोष ऐनले चलचित्रकर्मी एवं प्राविधिकलाई सम्बोधन गर्दैन । किनकी श्रमजीवी चलचित्रकर्मीको कामको प्रकृति र अन्य प्रतिष्ठानमा काम गर्ने कर्मचारीको कामको प्रकृति फरक छ । अहिलेको कार्यविधीले श्रमजीवी चलचित्रकर्मीलाई सम्बोधन गर्न सक्दैन ।

विद्यामान कार्यविधीले अनुसार नियमित तलब बुझ्ने कर्मचारी मात्रै सामाजिक सुरक्षाकोषमा सहभागी हुनसक्छन् तर, श्रमजीवी चलचित्रकर्मीहरु नियमित पारिश्रमिक बुझ्नै हैषियत राख्दैनन् । श्रमजीबी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाकोषमा सहभागी गराउन कार्य्विधी नै फरक ढाँचाको चाहिने भयो र त्यो कार्य्विधी बनाउने अधिकार सामाजिक सुरक्षाकोषलाई मात्रै छ । त्यसकारण सञ्चारमन्त्रालय मार्फत श्रममन्त्रालयमा पत्राचार गरेर सामाजिक सुरक्षाकोषसंगको समन्वयमा कार्य्विधी निर्माणको काम ग¥यौ । विभिन्न छलफलपछि सामाजिक सुरक्षाकोषले हामीलाई एउटा मोडालिटी दिन आग्रह गरेपछि हामीले यहि विषयमा आम चलचित्रकर्मीसंग पटक–पटक विभिन्न चरणको छलफल पनि ग-यौं ।

१४ हजार चलचित्रकर्मी प्रभावित

एउटा चलचित्र निर्माणका लागि ६० जनासम्म चलचित्रकर्मी एवं प्राविधिक आवश्यक हुन्छ । कुनै पनि चलचित्रकर्मीले फिल्म निर्मातासंग निश्चित दिनको सम्झौता गरेर काम गर्ने परिपाटी छ । विभिन्न विधामा संलग्न प्राविधिकहरुले एउटा फिल्ममा १५ दिनदेखी डेढ महिनासम्म काम पाउछन् ९लेखक÷निर्देशक बाहेक० । एकजना प्राविधिकले वर्षमा बढीमा चार वटा भन्दा बढी फिल्ममा काम गर्न भ्याउदैन । जसरि हिसाब गर्दा पनि एकजना प्राविधिक वर्षमा ४ देखी ६ महिना बेरोजगार बस्नुपर्ने बाध्यता छ । हामीकहाँ विभिन्न विधाका कलाकर्मी र प्राविधिक गरेर १४ हजार बढी अहिले क्रियाशिल छन् । अर्थात १४ बढी परिवारले चलचित्र उद्योगमै काम गरेर जीबीकोपार्जन गरिरहेका छन् । यो संख्या आफैंमा सानो होइन र पछिल्ला दिनमा जसरी चलचित्र निर्माणको क्रम बढिरहेको छ । आगामी दिनमा कलाकार एवं प्राविधिकको संख्या बढ्दै जाने निश्चित छ ।

विगतका वर्षहरुको तुलनामा प्राविधिकहरु बढ्दै गएकाले पनि हरेक वर्ष चलचित्रकर्मी प्राविधिक बढ्दै जाने निष्कर्श निकाल्न सकिन्छ । यति ठूलो संख्यामा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु सरकारको दायित्व हो भनेर नै हामी दायित्व निर्वाहका लागि लागेका छौं । जब कुनै कलाकार एवं प्राविधिक वर्षमा औषत ६ महिनासम्म बेरोजगार बस्न वाध्य हुन्छ भने रोजगारीबाट प्राप्त पारिश्रमिकबाट परिवारका सदस्यको शिक्षा, स्वाथ्य लगायत दैनिक जीवनयापनका न्यूनतम आधारभूत आवश्कताहरु सोही पारिश्रमिकबाट व्यहोर्न वाध्य हुनुपर्छ ।

यस्तो अवस्थामा सामाजिक सुरक्षा योजनाको अनिवार्य दायित्व भित्र पर्ने बाँकी अवधिको किस्ता बुझाउने सामथ्य उसंग नहुन सक्छ । ९यदि कसैले मेरो कमाई राम्रो छ म नियमित तिर्छु भन्यो भने पाउछ० जो व्यक्ति जुन समयमा बेरोजगार बस्न वाध्य हुन्छ । त्यो अवधिको योगदान बापत सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने न्युनतम रकम ९सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रहेको हुँदा उक्त ग्याप अवधि ६ महिनामा १४।७९ प्रतिशतले हुन आउने रकम ८ हजार ८७७ प्रतिव्यक्ति ० नेपाल सरकारले पूर्ति गरिदिने व्यवस्थाका लागि हामी पहल गर्दै छौं । अर्को कुरा सामाजिक सुरक्षाकोषमा आबद्ध हुने वित्तिकै निवृत्तिभरण सेवा सुविधा पाइदैन । उक्त सुविधा लिनका लागि जीवनभर १८० महिना सामाजिक सुरक्षाकोषमा योगदान दिएको हुनुपर्छ भने ६० वर्ष उमेर पुगेपछि मात्रै पाइन्छ ।

यस क्षेत्रमा क्रियाशिल कतिपय पुराना श्रमजीवी चलचित्रकर्मीहरुले उक्त सेवा प्राप्त गर्न नसक्ने भएकाले यो योजना लागू हुँदाको समयमा उमेर हद ६० वर्ष पुग्न ५ वर्ष भन्दा कम समय बाँकी रहेका वा ६० वर्ष उमेर पूरा भएका क्रियाशिल श्रमजीवी चलचित्रकर्मीहरुको हकमा कोषले अलग्गै प्याकेजमा थप सुविधा प्रदान गर्ने प्रयाश गरेको छ । यसो हुँदा पाका उमेरका कलाकारले निवृत्तिभरण मात्रै पाउदैनन् राज्यले बुढेसकालमा सम्मान गरेको अनुभुति पनि गर्छन् । निश्चित उमेर पुगेपछि निवृत्तिभरण पाउने व्यवस्था त हुन्छ नै यदि कुनै कारण चलचित्रकर्मी एवं प्राविधिकको निधन भयो भने पनि उसका परिवारका सदस्यले निश्चित रकम आजीवन पाउने व्यवस्था कोषले गरेको छ । त्यसकारण पनि हाम्रा चलचित्रकर्मी एवं प्राविधिक कोषमा आबद्ध हुन उत्साहित छन् ।

चलचित्र क्षेत्रसंग सम्बन्धि विभिन्न संघसंस्थामा आबद्ध भएका चलचित्रकर्मी एवं प्राविधिकको संख्या ८ हजार २१ छ भने, पेशागत संस्थामा आबद्ध नभएका तर, काममा क्रियाशिल चलचित्रकर्मीको संख्या ६ हजार १ रहेको छ । हामी संघमा आबद्ध भएका वा नभएका सबैलाई समेटछौं तर, जो कोषमा आबद्ध हुन चाहनुहुन्छ उहाँहरुलाई आफ्नो पेशासंग सम्बन्धि संस्थामा आबद्ध हुन अपित गछौं त्यसो गर्दा पेशागत संस्थाको मर्यादा बढ्नुको साथै सदस्यहरु आफ्नो संस्थाको गरिमा बढाउनका लागि पनि क्रियाशिल हुने अवस्था आउछ ।

अन्त्यमा : मैले माथी नै उल्लेख गरे कतिपय चलचित्रकर्मीहरुको निधन भएपछि अन्त्येष्टिका लागि पनि चन्दा उठाउनु पर्ने अवस्था छ । ती व्यक्तिमा आश्रित बाँकी परिवारको अवस्था उस्तै नाजुक हुने गरेको छ । चलचित्रसंग सम्बन्धित काम प्राविधिक हुने भएकाले कुनै प्राविधिकको निधन हुँदैमा उसको स्थानमा परिवारका कुनै वयस्क सदस्यलाई काम दिन सम्भव हुँदैन । किनकी सम्बन्धित क्षेत्रमा प्राविधिक ज्ञान नभएको व्यक्तिले काम गर्न सक्दैन । सामाजिक सुरक्षा कोष लागु भएपछि निश्चित रकम आजीवन पाउने भएकाले पनि आम चलचित्रकर्मीका लागि हितकर हुने निश्चित छ ।

Related Articles

Back to top button
Close