News

तराई क्षेत्रमा दुई दिनसम्म घाम नलाग्ने, चि सोबाट बच्न मौसम विभागको आग्रह

काठमाडौं, पुस ३ । तराई क्षेत्रमा चिसो बढेकाे भन्दै त्यसको असरबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।

तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु/कुहिरो भोलि (शुक्रबार)सम्म रहने र घाम नलाग्ने भएकाले चिसो बढ्ने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : तराईका अधिकांश भूभागमा देखिएको कुहिरो भोलिसम्मै रहिरहने देखिएको छ। साथै पश्चिमी तराईका एक-दुई स्थानमा शीतलहरको स्थिति देखिएको छ। राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।’-नेपाल खबर

Related Articles

Back to top button
Close