News

यी नेपाली डाक्टरले पाए ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं- नेपाली युवा डाक्टर विशाल ज्ञवालीले ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् ।
हाल क्यानडाको क्विन्स युनिभर्सिटीमा सहायक प्राध्यापक रहेका डा. विशाल ज्ञवालीले क्यान्सरसम्बन्धी अनुसन्धानकर्ताका रुपमा पुरस्कृत भएका छन्।

क्यान्सर सेन्टर अफ साउथइस्टर्न अन्टारियोको अन्कोलजी विभागमा क्लिनिकल फेलोको रुपमा समेत कार्यरत ज्ञवालीलाई प्रतिष्ठित अमेरिकन सोसाइटी अफ अन्कलजीले प्रयोगात्मक विज्ञानतर्फ ग्लोबल अन्कलजी योङ इन्भेष्टिगेटर अवार्डबाट सम्मान गरिएको हो। ज्ञवालीले आफ्नो अनुसन्धान कार्यक्रम सञ्चालन गर्न ५० हजार अमेरिकी डलर पाउने छन्।

उनले न्युन आय भएका देशमा प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराउनेहरुलाई आधारभूत किमोथेरापीको तालिमको विषयमा तयार पारेको प्रस्तावलाई यो अवार्ड प्रदान गरिएको हो।

ज्ञवाली २०५९ सालको एसएलसीका बोर्ड फर्स्ट हुन्।

Related Articles

Back to top button
Close