News

मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुग्ने व्यवहार भय‍ो : गोकर्ण विष्ट

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गर्नुभएको छ ।

बुधबार पार्टी स्थायी कमिटी बैठकमा बोल्दै आफूलाई अयोग्यजस्तो व्यवहार गरिएको भन्दै विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि राजीनामा मागेको भए दिन तयार रहेको भए पनि थाहै नदिइ हटाउँदा आत्मसम्मानमा चोट पुगेको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम मन्त्रीबाट विष्टलाई हटाएर रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिनुभएको थियोे । मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले विष्टसहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाउनुभएको थियो ।

Related Articles

Back to top button
Close