News

भारतीयहरु खाना नपाएर निःशुल्क भोजनका लागि हाम्रो देशमा आउँछन् !

भारतले पटक–पटक बंगलादेशका नागरिक अवैध रुपमा आफ्नो देशमा घुसेको आरोप लगाएपछि ढाकाले पनि जवाफ फर्काएको छ । बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनले भारतीय नागरिकहरु राम्रो अर्थव्यवस्था र निःशुल्क भोजनका लागि बंगलादेश आइरहेको आरोप लगाएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भारतीयहरु बंगलादेशमा आइरहेको खुलासा गरेका हुन् । भारतीयहरुले बंगलादेशमा राम्रो जागिर र निःशुल्क भोजन पाइरहेको पनि उनले टिप्पणी गरे । भारतीयहरु बंगलादेशमा आउने गरेको प्रश्नमा उनले बंगलादेशमा अवैध रुपमा रहेका भारतीयलाई फिर्ता पठाइने पनि स्पष्ट पारे ।

भारतलाई जवाफ फर्काउदै बंगलादेशले आफ्ना नागरिकहरुलाई फिर्ता लिन आफुहरु तयार भएको पनि बताएको छ । भारतले सुची तयार गरेर दिएको खण्डमा आफुहरु आफ्ना नागरिक फिर्ता लिन तयार भएको उनले जिकिर गरे । उनले भारतको तुलनामा बंगलादेशको अर्थव्यवस्था उत्कृष्ट रहेको भन्दै बेरोजगार भारतीय बंगलादेश आइरहेको उल्लेख गरे ।

Related Articles

Back to top button
Close