Sport

पोखरा प्रिमियर लिग : विराटनगरले दियाे पोखरा पल्टनलाई १४६ रनको लक्ष्य

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल)मा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई १४६ रनको लक्ष्य दिएको छ ।

पुनित मेहराको अर्धशतकीय पारीको मद्दतले विराटनगरले निर्धारित ओभरमा ५ विकेटको नोक्सानीमा १४५ रन बनाएको हो । पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले सुरुआत भने राम्रो गरेको थियो । तर मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा इनिङ्स धरमराएको थियो ।

पहिलो विकेटका लागि सुनिल धमला र मोहम्मद जइद आलमका बीचमा ५० रनको साझेदारी भएको थियो । जइद २६ रन बनाएर आउट भए । यसैगरी दोस्रो विकेट विराटनगरले टिमको स्कोर ६८ रन हुँदा सुनिल धमालाको रुपमा गुमायो । धमला ३६ रन बनाएर पेभेलियन फर्किएका थिए ।

कप्तान प्रदीप सिंह ऐरी भने रन आउट हुन पुगे । उनी ६ रन बनाएर रन आउट हुँदा विराटनगर ६८ रनमै रोकिएको थियो । ७२ रन हुँदा चौथो विकेटको रुपमा नोमान खानलाई गुमाउन पुग्यो । नोमानले १ रनको मात्र योगदान गरे । ७६ रन हुँदा पाँचौं विकेटको रुपमा लोकेश बम व्यक्तिगत २ रनमा मैदानबाट बाहिरिए ।

पुनित मेहरा र राजु रिजालले धरमराएको विराटनगरको इनिङ्स उकास्दै १०० रन कटाएका थिए । यसैगरी पुनितले २३ बलमा अर्धशतक प्रहार गरे । समग्रमा २६ बल खेलेका पुनित ५ चौका र ४ छक्कासहित ६१ रनमा नट आउट रहे । राजु रिजाल पनि ९ रनमा अविजित रहे ।

पोखराका लागि कप्तान शरद भेषावकरले २ तथा कुशल मल्ल र सर्वजित लड्डाले एक-एक विकेट लिए ।

Related Articles

Back to top button
Close