News

लकडाउनमा मिटर रिडिङ हुन नसकेका बिद्युत ग्राहकले जरिवाना तिर्नु नपर्ने

काठमाडौं, १३ असोज । बिद्युत प्राधिकरणले लकडाउनका समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकहरुलाई जरिवाना नतिराउने भएको छ । कोरोना भाइरसको प्रकोपका कारण अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकहरुले मिटरिङ गर्न सकिरहेका थिएनन् ।

यसैक्रममा ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुनले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई मन्त्रालयमा बोलाएर जरीवाना नलिन निर्देशन दिनुभएको हो । यसअघि कतिवया ग्राहकहरुले मिटरिङ नगर्दा जरिवाना गरेको भन्दै गुनासो सुनाएका थिए ।

Related Articles

Back to top button
Close