News

‘सार्वजनिक सेवा दिने संस्थाहरु काठमाडौं उपत्यकामा कोरोना बढाउन मुख्य जिम्मेवार’

काठमाडौं, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्नुमा बढी भीडभाडयुक्त स्थलहरु मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दो अवस्थामा रहेको र जनस्वास्थ्य मापदण्डको पालना नभएको बताउनुभयो ।

गौतमले सार्वजनिक सेवा दिने सरकारी, गैरसरकारी तथा निजी संस्थाहरुमा कोरोना जोखिम बढ्दो अवस्थामा रहेको बताउनु भयो ।

उहाँले विद्युत प्राधिकरण, खानेपानी संस्थान, मालपोत, टेलिकम, बैंक तथा वित्तीय संस्थाहरु, यातायातका टिकट काउण्टर, सपिङ मल, तरकारी बजार, रेष्टुराँ, वडा कार्यालयहरु, अस्पतालहरु र ब्यारेकहरु कोरोना संक्रमण बढाउनुमा मुख्य जिम्मेवार रहेको बताउनुभयो ।

प्रवक्ता गौतमले यी संस्थाहरुमा जनस्वास्थ्यको मापदण्ड पूरा नभएको पनि प्रष्ट पार्नु भएको छ । उहाँले यस्ता संस्थाहरुमा साबुन पानीले हात धुने व्यवस्था मिलाउन, २ मिटर दूरीको व्यवस्था कायम गर्न र मास्क प्रयोग अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको पनि बताउनुभयो ।

Related Articles

Back to top button
Close