News

इटहरीमा जाडोले कठ्याग्रींएर एक जनाको निधन

इटहरी, २ पुष । केहि दिन यता बढेको अत्याधिक चिसोको कारण मुलुकभरको जनजिवन प्रभावित भइरहेको छ । पश्चिमी वायुको प्रभावका कारण मुलुकभर अहिले तापक्रम घट्दो क्रममा छ । पुर्वको इटहरी लगायत प्रदेश १ का जिल्लामा पनि जनजिवन प्रभावित भएको छ । पहाडी जिल्लामा परेको बाक्लो हुस्सु र कुहिरोले घर वाहिर निस्केर काम गर्न सकिने अवस्था छैन ।

इटहरीमा चिसोले कठ्याग्रीएर एक जनाको निधन भएको छ । वाटोमा रात विताएका एक जना वटुवाको ज्यान गएको प्रहरीले जनाएको छ । उनको पहिचान भने खुल्न सकेको छैन । अत्याधिक चिसोमा रातिको समयमा सडकमा सुतेका उनको कठ्याग्रंीएर ज्यान गएको प्रहरीले जनाएको छ । प्रदेश एकको उदयपुर , सुनसरी , मोरङ र धनकुटामा दिउसो मौसम सफा रहेपनि बिहान बेलुका बाक्लो हुस्सु संगै परेको सिरोटोले चिसोको मात्रा बढाएका पाइएको छ ।

त्यसैगरी पहाडी भेगहरू तेह्रथुम, खोटाङ , ताप्लेजुङ , पाँचथर र इलाममा भने अझैपनि हिउ झरेर चिसोको मात्रा बढिरहेको सम्बन्धित जिल्लाका सहकर्मिहरूले बताएका छन । बिहान र बेलुका बढने अत्याधिक चिसोले दैनिक कामकाज पनि प्रभावित बनेको छ ।

शीतलहरले जनजीवन कष्टकर

चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा पनि जनजिवन प्रभावित भएको छ । पश्चिम तराइएका जिल्लामा शीतलहर शुरु भएको छ । बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो । गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ ।

कठ्याङग्रिने जाडाले सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई असर पु¥याएको छ । शीतलहरका कारण यसवर्ष सबैभन्दा बढी चिसो मङ्गलबार र बुधबार मापन गरिएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले जनाएको छ ।

चार दिन अघिसम्म अधिकतम २३ डिग्री सेल्सियस तापक्रम रहेको कैलालीमा आज न्यूनतम तापक्रम १२ डिग्री र अधिकतम १५ डिग्री सेल्सियस रहेको छ । अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडोको महसुस बढी हुने गर्दछ ।

चिसोका कारण बजार क्षेत्रमा चहल पहलमा कमी आएको छ । यस्तो मौसममा कोल्ड डायरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीका बिरामीलाई बढी सताउने हुँदा चिसोबाट जोगिन सर्वसाधारणलाई चिकित्सकले सुझाएका छन् ।

केही दिन शीतलहर जारी रहेमा आलु, गोलभँेंडा लगायतको तरकारी बालीमा डढुवा रोगको सङ्क्रमण देखिने भई नोक्सान पु¥याउने स्थानीयवासी रामकृष्ण रानाले बताउनुभयो ।

Related Articles

Back to top button
Close