News

यस्तो छ आजको सुन चाँदीको बजार भाउ

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु १०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार रु १०० बढेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने मंगलबारकै मूल्य रु ८५० प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो पनि समाचार

मन्त्रिपरिषद्को पुनर्गठनसँगै पदबाट बाहिरिएका मन्त्रीद्वय गोकर्ण विष्ट र लालबाबु पण्डितले आफूहरूले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी पूरा गर्ने प्रयास गरेपनि काम गर्दा अप्ठेरोको सामना गर्नुपरेको प्रधानमन्त्री केपी ओलीले बुधवार बिष्टको साटो श्रममन्त्रीमा रामेश्वर राय यादव र पण्डितको साटो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा हृदयेश त्रिपाठीलाई नियुक्त गरेका थिए।

कार्यसम्पादन मूल्याङ्कनमा खरो उत्रन नसकेको इंगित गर्दै ओलीले आफ्नो मन्त्रिपरिषद्का छजना मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाएका थिए। पदमुक्त भएका मन्त्रीहरूमध्ये विगतको उनीहरूको कामलाई लिएर विष्ट र पण्डितलाई मन्त्रिमण्डलका आशालग्दा सदस्यको रूपमा लिइएको थियो।

खासगरी संविधान जारी हुनुअघि छोटो समय झलनाथ खनाल नेतृत्वको सरकारमा उर्जमन्त्री रहँदा विष्टले बिजुलीको महसुल नतिर्नेहरूविरूद्ध लाइन काट्नेदेखि कतिपय सुधारका कदमहरू चालेर प्रशंसा कमाएका थिए।

पण्डितले चाहिँ संविधान जारी भएसँगै बनेको ओली नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री रहँदा अमेरिका सहित विभिन्न देशका पीआर भनिने स्थायी बसोबास अनुमतिपत्र लिएका कर्मचारीविरूद्ध कठोर नीति अख्तियार गरेका थिए।

साधारण जीवनशैलीका कारण स्वदेश र विदेशमा बस्ने नेपालीहरूले स्वत:स्फूर्त रूपमा चन्दा उठाएर पण्डितलाई मोरङ्मा चुनाव लड्न सघाएका थिए। उनले बलियो प्रतिस्पर्धी मानिएका नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालालाई पराजित गर्दै सिहंदरबारको यात्रा तय गरेका थिए।

पार्टीभित्र उनीहरू दुवैजना पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकट नेता मान्छिन्। पार्टीको पछिल्लो महाधिवेशनमा नेपाल-समूहबाट चुनाव लडेका बिष्ट सचिवमा निर्वाचित भएका थिए भने पण्डित उपाध्यक्षमा पराजित भएका थिए।

पछिल्लो चुनावबाट शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर पाएका ओलीले बिष्ट र पण्डितको लोकप्रियताका कारण उनीहरूलाई आफ्नो मन्त्रिमण्डलमा पहिलो रोजाइमा राखेको ठान्ने गरिएको बताइन्छ। तर सत्ता सम्हालेको २१ महिनामा मन्त्रिमण्डल पुनर्गठन हुँदा पद गुमाउनेमा उनीहरू नै परे।

जसलाई दुवैजनाले प्रधानमन्त्रीको स्वविवेकिय अधिकारका रूपमा आफूहरूले लिएको बताएका छन्। तर आफूहरूले कार्यसम्पादन मुल्याङ्कनमा असफल ठहरिने गरी कुनै पनि काम नगरेको र आफ्नो तर्फबाट शतप्रतिशत दिएको उनीहरूको भनाइ छ।

Related Articles

Back to top button
Close