News

पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा

काठमाडौं। आगामी पुस २७ गते आईतबार परेको पृथ्वी जयन्तीको अवसर पारेर गोरखा जिल्लाको गोरखा नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा पुस २७ गते आईतबार दिन बिदा दिने निर्णय गरिएको छ। हिजो सोमबार बसेको नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको नगर प्रमुख (मेयर) राजनराज पन्तले बताएका छन्।

बिदाको दिन नगरपालिका, वडा कार्यालय, नगरपालिका अन्र्तगत रहेका सरकारी कार्यालयसहित विद्यालयहरू बन्द हुने जनाइएको छ । नेपाल एकीकरणको उद्धमथलो गोरखा र पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुभारम्भ गर्ने शक्ति पाएकाले जन्म जयन्तीका दिन बिदा दिएर उत्सवको रुपमा मनाउन लागिएको नगरपालिकाले जनाएको छ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भने राष्ट्र निर्माणको सम्झनामा मनाइने पृथ्वी जयन्तीमा देशभर बिदा दिने निर्णय गरेको छैन।

Related Articles

Back to top button
Close