News

परवेज मुशर्रफको समर्थन गर्दै पाकिस्तानी सेनाले भन्यो : देशको सेवा गर्ने नेता कसरी देशद्रोही हुन सक्छ ?

काठमाण्डौ – पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई लाहोर उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि पाकिस्तानी सेना असन्तुष्ट देखिएको छ ।

अदातलको फैसलापछि पाकिस्तानी सेनाले पूर्व राष्ट्रपति मुशर्रफको बचाउ गर्दै पूर्व सेना प्रमुख र राष्ट्रपतिविरुद्धको यस्तो फैसलाले दुःख पुगेको बताएको छ ।

पाकिस्तानको डीजी आईएसपीआरले पूर्व राष्ट्रपति मुशर्रफलाई अदालतले सुनाएको मृत्युदण्डलाई लिएर ट्वीट गर्दै पत्र शेयर गरेको छ । पूर्व सेना प्रमुख, स्टाफ कमिटीका संयुक्त प्रमुख र पूर्व राष्ट्रपति जसले ४० वर्षसम्म देशको सेवा गरे र यद्धमा भाग लिए, उनी देशद्रोही हुन सक्दैनन्– पत्रमा भनिएको छ ।

साथै पाकिस्तानी सेनाले पूर्व राष्ट्रपति मुशर्रफलाई सजाय दिने क्रममा संविधानको नजरअन्दाज गरिएको र आत्मरक्षाको फन्डामेन्टर लाइट को उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।
साथै पाकिस्तानी सेनाले संविधानअनुसार परवेज मुशर्रफमाथि न्याय हुने विश्वास लिएको जनाएकाे छ ।

मंगलबार मात्रै पाकिस्तानको लाहोर उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनीमाथि देशद्रोह र सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेको विरुद्ध सजाय सुनाइएको हो ।

Related Articles

Back to top button
Close