News

सागका बेला पत्रकार कु ट्ने प्रहरीलाई मुद्दा दर्ता

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कु ट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कु टपि ट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो । गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पि ट्दै गरेको फोटो खिच्ने क्रममा कु टपि ट गरेको थियो ।

मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कु टिएका खेल पत्रकार चापागार्इंले दमनमा उत्रेका प्रहरीविरुद्ध कु टपि ट मुद्दा दर्ता गर्नुभएको हो । मुलुकी अपराध संहितामा कु टपि ट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही माग मुद्दामा गरिएको छ । रासस

Related Articles

Back to top button
Close