News

बिवाह गरेको ४ महिनामै प्रेमीको खुन मेरो शारिरमा छ भन्दै, श्रीमानलाई चिठ्ठी लेख्दै २५ लाख सम्पत्ति लिएर प्रेमीसँग श्रीमती फरार

दमक । गर्ल फ्रेण्डले बोयफ्रेण्डलाई र लुटेराले अरुकै धनसम्पत्तिलाई लुट्छन् भन्ने त थाहा भएकै कुरा हो । तर आफ्नै श्रीमतीले श्रीमानलाई लुट्छन् भन्ने कुरा पत्याउन जो कोहीलाई गाह्रै कुरा हो । तर झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेलाई उनकै श्रीमतीले लुटेर भागेकी छन् । सानो तिनो राकम पनि हैन रहेछ उनले २५ लाख लिएर आफ्नै प्रेमीसंग भागेको कुरा राजुले बताएका छन् ।

राजुसँग विवाह गरेको यही असाढको महिनामा हो । महिनाले ४ पुगेपनि दिनले गन्ने हो भने पुरा ४ महिना पनि नपुग्दै राजुकी श्रीमती तारा बास्तोलाले श्रीमानको साथ छोडेर पुर्व प्रेमीको हात थामिन् । यो घटनाले अहिले झापामा निकै नै खैलाबैला मच्चाएको छ । अचम्मको कुरा त यो छ कि उनी आफ्नो पुर्व प्रेमीसंग भाग्दा श्रीमान राजुलाई आफु भाग्न लागेको कुरा चिठ्ठी मार्फत थाहा दिएर भागेकी रहेछिन् ।

वर्षले २५ पनि नपुगेकी ताराले आफ्नो सम्बन्ध र पवित्र प्रेमको कुरा केवल प्रेमी पृतम भट्टराईसंग भएको हुनाले आफु यो जालझेलको सम्बन्धमा बस्न नसकेको बताएकी छन् । तर अचम्मको कुरा के छ भने उनको विवाह राजुसंग कसैले करकापमा गरिदिएका हैनन् रे । यसो उनकै श्रीमान राजु र उनका परिवारले भन्छन् । राजु र ताराको विवाह सबैको सल्लाहमा नै भएको रहेछ । ताराको सम्बन्ध विवाह पुर्व नै प्रेमी पृतमसंग रहेको कुरा त अहिले तारा भागेपछि मात्र सबैलाई थाहा भएको हो ।

राजुको भनाई अनुसार तारा घरबाट भाग्दा असोज ३ गते दिउँसो १ बजे घरमा सासुआमा निधाएको अवस्थामा दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा उनले श्रीमानलाई जानकारी गराएकी रहिछन् । पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि श्रीमान राजुले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँदैछु भनी पुनः म्यासेन्जरमा म्यासेज पठाएको कुरा राजुले बताए ।

श्रीमती ताराले छोडेको चिठ्ठीमा लेखेकी थिइन्– ‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ भनी लेखेकी थिइन् ।

जब राजुले ताराले लेखेर छोडेको चिठ्ठी भेटे तब उनले घरपरिवार र प्रहरीलाई खबर गरेको बताए । तारालाई भगाउने वा तारासंग विवाह पुर्व नै प्रेम सम्बन्ध रहेको भनिएका ती प्रेमी पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको राजुले प्रहरीलाई बताए । राजुको भनाई अनुसार पृतमले उनलाई म्यासेन्जरमा कल गरी ध\म्क्याएका पनि छन् रे ।

उनले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे न्यौपानेलाई सिध्याउनेसम्मको ध म्की दिएको राजुले बताए । श्रीमतीले लाखौको रकम लिएर आफ्नो साथ छोडेपछि शनिबार राजुले इलाका प्रहरी कार्याल दमकमा जाहेरी दिएका छन् । अहिले तारा र पृतमको खोजी भई रहेको प्रहरी कार्यालय दमकले जनाएको छ ।

Related Articles

Back to top button
Close