News

रुहाउने दु’र्घटना: मिनीबसको ठ’क्करबाट एक मोटरसाइकल चालक दिपेन्द्रको मु’त्यु !!

काठमाडौ । मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठ’क्करबाट एक मोटरसाइकल चालकको मृ’त्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा न ७ का २८ वर्षीय दीपेन्द्र अधिकारीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मिनीबसको ठ’क्करबाट घा’इते भएका अधिकारीलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको बताइएको छ । मिनीबस र चालक प्रहरी नियन्त्रणमा छन् । अधिकारी मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत हुनुहुन्थ्यो ।

मृ’तक को’रोना स’ङ्क्रमित रहेको र होमआइसोलेशनका लागि घर जानेक्रममा मिनीबसको ठ’क्करबाट मृ’त्यु भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो । उनी पालिकामा अत्यन्तै लोकप्रिय थिए । अत्यन्तै मिलनसार र मिजाशीलो स्वभावका इन्जिनियर अधिकारीको अल्पआयुमा नै नि’धन भयो ।

Related Articles

Back to top button
Close