Entertainment

सुन्दरी नायिका केकी अधिकारीको आज जन्मदिन, जान्नुहोस् कति वर्ष लागीन् केकी ?

अहिलेकि चर्चित,व्यस्त र लोकप्रिय नायिका केकी अधिकारीको आज जन्मदिन परेको छ । उनको जन्म १९८९ डिसेम्बर १७ मा काठमाडौंको जोरपाटीमा भएको हो । आमा लक्ष्मी अधिकारी र बुवा बद्री अधिकारीको एक्ली छोरी हुन् केकी, सानैदेखि डाक्टर बन्ने सपना बोकेर अगाडि बढेकी केकी एक्कासी अभिनय क्षेत्रमा ठोक्किन आइपुगेको उनिले बताउँदै आएकी छिन् ।

उनले अभिनय यात्रा म्युजिक भिडियोदेखि सुरु गरेकी हुन् । सन २०१० मा चलचित्र ‘स्वर’ बाट फिल्म नगरीमा पाइला चालेकी केकीले त्यसपछि लगातार आफूलाई यसै क्षेत्रमा समर्पित गरिरहेकी छिन् ।

लगातार चलचित्र असफल भएपनि हार नमान्ने नायिका मध्य एक हुन् केकी, ‘न उनको चलचित्र सफल रह्यो न उनी फुर्सदमै, पछिल्लो समय चलचित्र “छ माया छपक्कै” मा अभिनय गरेकी केकी अहिले चलचित्र झिंगे दाउको छायांकनमा व्यस्तछिन् ।

नायिका केकी अधिकारी निरन्तर चलचित्रमा व्यस्त छिन् । उनी अभिनित चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपनि उनको हातमा कामको अभाव भने छैन । हाल ‘झिंगे दाउ’मा काम गरिरहेकी यी सुन्दरीले यसपछि ‘चालबाज’मा काम गर्नेछिन् ।

Related Articles

Back to top button
Close