News

नेपाल एअरलाइन्सलाई ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ ।

‘एयरलाइन्स कृटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टीपीएस ग्रोबरले जानकारी दिनुभयो ।

मूल्यांकनका अन्य आधारहरुमा विमानस्थालमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्य आदिलाई लिइएकाे उहाँले बताउनुभयो ।

यस्तै एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ । एसोसिएसनले विगत चार वर्षदेखि एयरलाइन्सहरुको समीक्षा गरी अवार्ड प्रदान गर्दै आएको छ । यसअघि यो अवार्ड थाइ एयर र फिन एयरले पाइसकेका छन् ।

Related Articles

Back to top button
Close