News

काठमाडौँमा ५ सय ७ सहित उपत्यकामा आज ६ सय १८ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहिबार ६ सय १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा जिल्लामा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरेर उपत्यकामा बिहिबार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो सहित ज्यान गुमाउनेको संख्या ३८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप १२ सय ४३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोनालाई जित्नेको संख्या ४२९४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो ७२ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर १०६४१ जनाको पिसिआर गरिएकोमा १२ सय ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा आज १६२४१ सक्रिय संक्रमित रहेका छन् ।

Related Articles

Back to top button
Close