News

काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले सोल्टी होटलमा गरेको खर्च विवरण मागिन् रञ्जुले

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पोजेटिभ देखिए लगत्तै उनी करिब २ हप्ता बिलासी ५ तारे होटल सोल्टीमा बिताए । देशभर जनताले बिहान बेलुकाको छा टार्न धौ धौ भएका बेला शाक्य सहित भिआइपीहरु पाँचतारेमा बसेर आराप गरिरहँदा राज्यकोषको ढुकुटी रित्तिदै गएको पिरलो सचेत नागरिकलाई हुने नै भयो ।

मुलुकमा पिसिआर परिक्षण खिर्चलो भएको भन्दै न्यून स्तरमा मात्रै गरिएका बेला गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम शाक्यले गरेको खर्च विवरण माग गरेकी छिन् ।

दर्शनासंगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तत्काल देखाउन माग गरेका हुन् । साथै उनीहरुले महानगरले कोभिड९१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना पनि माग गरेका छन् ।

नागरिकको जिउधनको रक्षा गर्न असक्षम महानगरका गतिविधहरुमा पारदर्शीता कायम नभएको आरोप लगाउँदै महानगरका मेयर शाक्यलाई थप सक्रिय र उत्तरदायी बन्न पनि उनीहरुले सुझाव दिएका छन् । भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएका शाक्य श्रीमती र परिवारका अरु सदस्यसहित सोल्टी होटल बस्दा दैनिक ७५ हजार बढी खर्च भएको दाबी गरिएको छ । जसबाट उनी २ सासा सोल्टीमा बस्दा करिब दश लाखभन्दा बढी खर्च भएको दाबी गरिएको छ ।

Related Articles

Back to top button
Close