News

चुनाव हारेका वामेदव गौतम राष्ट्रिय सभामा मनोनित, केहीबेरमा शपथ लिँदै

काठमाडौं । चुनाव हारेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन्। केपी ओलीको सरकारले बामदेवलाई सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उनलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन्। उपाध्यक्ष बामदेवले बिहीबार दिउँसो ४ बजे शपथ लिने कार्यक्रम रहेको छ ।

सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराए बमोजिम नै उनलाई राष्ट्रिय सभामा ल्याइएको हो । २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित भएका थिए ।

Related Articles

Back to top button
Close