News

आज चर्चित अभिनेता दिलिप रायमाझीको जन्मदिन, शुभकामना दिनेको ओइरो

काठमाडौं- आज चर्चित अभिनेता दिलिप रायमाझीको जन्म दिन परेको छ । उनले आज आफ्नो ४० औं जन्मदिन मनाउँदैछन् । उनलाई जन्म दिनमा शुभकामना दिनेको ओइरो लागेको छ । २१ बर्ष अगाडि चलचित्र ‘आदिकवि भानुभक्त’बाट नेपाली चलचित्रमा पाइला राखेकादिलिपले दर्जनौ फिल्ममा अभिनय गरेका छन् ।

जिन्दगानी, आफ्नो मान्छे, आफ्नो घर आफ्नो मान्छे, के भो लौन नी, सुपरस्टार, बादलपारि, दर्पण छाया, मितिनी’ लगायतका चलचित्रमा सफल अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो । नृत्य र अभिनयमा पोख्त दिलिपले अभिनय गरेको पछिल्लो फिल्म नाई नभन्नु ल ५ हो ।

उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको पर्खाइमा छ ।चलचित्र निर्माण र अभिनयमा व्यस्त दिलिप रायमाझी भोली शुक्रबारबाट सुरु हुन लागेको ‘दि डान्सिङ स्टार्स विथ नेपाल’का निर्णायक समेत हुन् । यो शो हिमालय टेलिभिजनमा असोज २ गतेबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदैछ ।

Related Articles

Back to top button
Close