News

आज चर्चित अभिनेत्री निया शर्माको जन्मदिन, बिहानैदेखि शुभकामना दिनेको ओइरो

काठमाडौ, असोज १ आज चर्चित नायिका निया शर्माको जन्मदिन परेको छ । उनको जन्मदिनमा बिहानैदेखि बलिउडका थुप्रै कलाकारले शुभकामना दिएका छन् । भारतको दिल्लीमा जन्मिएकी नियाले अध्यानपनि पनि दिल्लीमै पुरा गरेकी हुन् ।

भारतिय टिभि सिरियल एक हजारोमे मेरी बेहेना हे बाट चर्चामा आएकी उनले हालसम्म दर्जनौ सिरियलमा संस्कारी बुहारीको भुमिकामा अभिनय गरीसकेकी छिन् ।

एसियाकै तेस्रो सबैभन्दा सेक्सी महिलाको खिताब पनि पाईसकेकी निया सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहदै आएकी छिन् । पछिल्लो समय पनि निया चर्चित अभिनेत्री एकता कपुरको टिभि सिरियल नागिनमा अभिनय गर्ने भएकी छिन् ।

Related Articles

Back to top button
Close