News

कांग्रेस सभापति देउवा आइसोलेसनमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । आफ्ना निजी सचिवालयका एक जनामा कोरोना पुष्टि भएपछि काँग्रेस सभापति देउवा होम आइसोलेसनमा बसेका हुन् । एक जनामा कोरोना पुष्टि भएपछि सचिवालयका अन्य सदस्यको पनि स्वाब परिक्षण गरिएको थियो ।

सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। देउवा कन्ट्याक्ट ट्रेसिङमा परेको उनको सचिवालयले जनाएको छ। सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगी भानु देउवाले जानकारी दिए।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ। देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ। काँग्रेस महामन्त्री डा शशांक कोइराला कोरोना पुष्टि भएका कारण हाल ओम अस्पतालमा उपचाररत छन्। उनलाई उच्च ज्वरो आएका कारण अस्पताल भर्ना गरिएको हो ।

Related Articles

Back to top button
Close