News

कार्यकाल सकिएर बिदा भएका कुलमान नै विद्युत प्राधिकरणमा दोहोरिने सम्भावना जीवतै

काठमाडौं- कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै विद्युत प्राधिकरणमा दोहोरिने सम्भाबना जिवितै रहेको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले नै कुलमान दोहोरिने सम्भाबना रहेको संकेत गरेको हो ।उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तका स्वकीय सचिव दुर्गा चापागाईंले यस विषयमा सामाजिक सञ्जालमा लेख्दै प्राधिकरणमा कुलमान नै दोहोरिने सम्भावना जीवत नै रहेको बताएका हुन् ।

चापागाईंका अनुसार मन्त्रालयको तर्फबाट प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भइसकेकोले घिसिङ नै दोहोरिने सम्भावना जीवितै रहेको बताएका हुन् ।घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर मन्त्री पुनले गत आईतबार नै प्रस्ताव अगाडि बढाइसकेको उनले बताए ।

घिसिङको निरन्तरताका लागि प्रस्ताव तयार गरेर सोमबार अबेर विद्युतीय माध्यमबाट तथा हाल हार्ड कपी समेत मन्त्रिपरिषदको कार्यालयमा दर्ता गराइसकेको जनाइएको छ । आइतबार कुलमानको कार्यकाल सकिएपछि उनको पुनं नियुक्तिको माग गर्दै जनता सडकमा आएर प्रदर्शन गर्न थालेका छन् । उनको सर्मथनमा सामाजिक संजाल रंगिएका छन् ।

Related Articles

Back to top button
Close