News

सिंगापुरे लाहुरेले आफ्नै श्रीमती सोनीको चरित्रमा प्रश्न उठाएपछि दाइले देखाए यस्ता प्रमाण, शंकाको सुइ लाहुरेतिर (भिडियो हेर्नुस्)

काठमाडौ । भर्खरै विवाह गरेर घर आएकी २५ वर्षकी युवतीको रहस्यमय निधन भएपछि त्यसको विभिन्न पाटोको बारेमा कुरा आएको छ । युवतीको निधन भएपछि उनको श्रीमानको परिवारका सदस्यले उनकै चरित्रको वारेमा प्रश्न उठाएका छन् । विवाह गरेर धरान आएकी युवती ३ महिना नवित्दै रहस्यमय निधन भएको थियो । सोनु लिम्बुले विवाह भएको ३ महिना नपुग्दै श्रीमानले नै उनको चरित्रका बारेमा अनेक आशंका गर्दै डिभोर्षका लागि दववा दिएको अहिले सम्म सार्वजनिक भएको भिडियोहरुवाट देखिन्छ ।

आयतराज लिम्बु सिंगापुरे लाहुरे हुन् । उनैसंग सोनुको असारमा विवाह भएको थियो । आइतराज अहिले सिंगापुरमै छन् । श्रीमतीको निधन हुँदा पनि उनी नेपाल आएका छैनन् । पछिल्लो घटनाक्रमले श्रीमतीको निधन हुनुमा आइतराजको गलत आशंका र दवाव हो भनेर उनका माइती पक्षले दावी गरेका छन् । सोनीको सन्तोष थोक्लिगं लिम्बुसंग निकै पुरानो चिनजान र सम्बन्ध थियो । उनीहरुबीच सोल्टी सोल्टीना भन्ने सम्बोधन गर्थे । सोनुसंग आइतराजको विवाह भयो तर विवाह पछि उनले सोनु प्रति निकै शंका गर्न थाले । उनले आफ्नै श्रीमतीको चरित्रका बारेमा प्रश्न गर्दै सन्तोषसंग कुरा गरेका छन् । आइतराजको नाम फेसवुकमा (युवी) छ ।

सोनुको निधन हुनुभन्दा अघिल्लो दिन उनका श्रीमान आइतराजले सोनुको चरित्र राम्रो थिएन भनेर प्रमाणीत गर्न प्रमाण जुटाउन थालेको देखिन्छ । उनले सन्तोषसंग कुराकानी गरेर सोनीको बारेमा प्रश्न गरेका छन् । तिमीलाई उसले धोका दिएर पनि अन्य केटाहरुसंग पनि सम्बन्ध राखेको र आफुलाई धोका दिएर विवाह गरेको भन्दै कुराकानी गरेका छन् । सन्तोषलाई सानुको चरित्रको कुरा आफुलाई जानकारी दिएर सहयोग गर्न आग्रह गर्दै त्यसवापत पैसा समेत दिने आश्वासन उनले दिएका छन् । सन्तोषसंग आइतराजले गरेको म्यासेन्जर च्याट अहिले सार्वजनिक भएको छ । सोनुका माइती पक्षले सिंगापुरमा बसेर आफ्नै ज्वाईले नै छोरी विरुद्ध खेल खेलेको आरोप लगाएका छन् ।

Related Articles

Back to top button
Close