News

नेपालमा आज थप ८ जनाको कोरोनाबाट गयो ज्यान

काठमाडौँ । नेपालमा आज थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

त्यसअघि सोमबार एकैदिन १५ जनाको र आइतबार ९ जनाले ज्यान गुमाएका थिए । यसैबिच यो समाचार तयार पार्दासम्म आज देशभर १०४९४ जनाको पिसिआर गरिएकोमा १५ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज भेटिएको यो संख्या एकैदिन भेटीएको अहिलेसम्मकै सर्वाधिक ठूलो संख्या हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

त्यस्तै आज आज १ हजार ६८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोनालाई जित्नेको संख्या ४१ हजार ७०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close