News

ढाड सेकिने गरी ह्वात्तै बढ्यो प्याजको मूल्य, किलोको मूल्य सुनेर पर्नुहुनेछ चकित

काठमाडौं।भारतबाट प्याज आउन छाडेपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ ।एक साताअघि किलोको ४० रुपैयासम्ममा किनबेच भइरहेको सुकेको प्याजको मूल्य अहिले किन्नै नसकिने गरी बढेको छ । आज बुधबार प्याजको मूल्य बढेर किलोको ११९ रूपैयाँ पुगेको छ।

एक साताअघि किलोको ४० रुपैयासम्ममा किनबेच भइरहेको सुकेको प्याजको मूल्य मंगलबार प्याजको मूल्य बढेर ७५ रूपैयाँ पुग्यो । त्यसपछि आज बुधबार पनि प्याजको मूल्य बढेर किलोको ११९ रूपैयाँ पुगेको हो ।

प्याज निर्यातसम्बन्धी नियमलाई संशोधन गर्दै भारतले बैंगलोर रोज प्रजातिबाहेकका अन्य प्याज निर्यातमा सोमबारदेखि प्रतिबन्ध लगाएपछि मूल्य बढेको हो ।अहिले काठमाडौं उपत्यकामा खुद्रा व्यापारीले पहिलेदेखि रहेको स्टक प्याजको मूल्य बढाएर सर्वसाधारण ढाड सेकिने गरी बेचेका छन् ।आज काठमाडौं उपत्यकाका खुद्रा पसलले प्याजको मूल्य बढाएर किलो कै १३० रूपैयाँमा किनबेच गरेका छन् ।

Related Articles

Back to top button
Close