News

सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै बालाजु र जोरपाटीमा प्रदर्शन

काठमाडौं-लोड सेडिगं हटाएर चर्चामा आएका कुलमान घिसिङको चार वर्षे कार्यका गत आइतबारबाट सकियो । उनको कार्यकाल सकिएपछि उनलाई पुनं नियुक्ति गनुपर्ने भन्दै चौतर्फी जनदबाब बढेको छ ।यसैबिच घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिक समूहले बालाजु माछापोखरीमा प्रदर्शन गरेका छन् भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री नै कुलमानलाई दोहोर्‍याउन इच्छुक नभइरहेका बेला कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न जनस्तरबाट चर्को दबाब आइरहेको छ ।प्राधिकरणका कर्मचारीले मंगलबार घिसिङ औपचारिक बिदाइ गरेका थिए ।

Related Articles

Back to top button
Close