News

सरकार परिर्वतन गर्न खोज्दा आफै परिवर्तन भइएछ जसको कारण आज म लज्जित छु : नेता भट्टराई

काठमाडौं ३१ भदौ । पुर्व प्रधानमन्त्री तथा जनता समाज पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राज्य कहिल्यै गरिबको भएन भन्दै आफु लज्जित भएको दुखेसो पोखेका छन् ।

दूई महिना देखि विराटनगरको गोल्डेन अस्पतालमा उपचार गरेको पैसा तिर्न नसकी अस्पतालले बन्धक बनाइ राखेको सप्तरीका दलितदम्पतीको पिडालाई अनुभुत गर्दैै नेता भट्टराईले यसो भनेका हुन् । पिट्ने व्यक्ति धरौटीमा छुटेर गाँउमा खुलेआम हिड्छ तर पिटाई खाने यी दलित दम्पति उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक जिवन बिताइरहका छन् । उनीहरु बिरामीले दया गरेर दिएको खानाले आफ्नो जिवन बचाइरहेका छन् ।

उनले भनेका छन् आफु प्रधानमन्त्री हुँदा कर्मचारीलाई सधैं प्रक्रिया हैन परिणाम हेर्नोस् भन्थे तर आज उस्तै छ यो देश कहिल्यै गरिब दलितको हुँदैभएन जसको कारण म आज लज्जित छुँ ।

उनले ट्वीट् मार्फत लेखेका छन् ।

यो राज्य कहिल्यै गरीबको थिएन१दलितरमहादलितको त छँदैथिएन१हामीले जनयुद्ध हुँदै शान्तिप्रक्रिया कालको सरकारसम्म यसलाई बदल्न खोज्यौं।तर सकिएनस बरू उल्टै आफैं बदलिएछौं! प्रम छँदा कर्मचारीलाई सधैं प्रक्रिया हैन परिणाम हेर्नोस् भन्थें तर आजसम्म उस्तै छ१म लज्जित छु!अर्को क्रान्ति जरूरी छ!’

Related Articles

Back to top button
Close