News

रंगशाला निर्माणको लागि सहयोग जुटाउन धुर्मुसले शुरु गरे ठेला पसल ! सुन्तलीले म:म बेच्ने

चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि सहयोग जुटाउन धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले विभिन्न उपायहरु अपनाइरहेका छन् । कहिले सांस्कृतिक कार्यक्रम त कहिले खुत्रुके अभियान संचालन गरेका धुर्मुसले हिजो (आइतबार) देखि रंगशाला निर्माणस्थल परिसरमा ठेलामा राखेर सुुन्तला, स्याउ, बदाम, केरा, पानी लगाएत बेच्न थालेका छन् ।

रंगशाला अवलोकन गर्न आउनेहरुलाई लक्षित गरेर उनले रंगशाला ठेला पसलमा संचालन गरेको जानकारी दिए । उनले रंगशाला हेर्नका लागि दैनिक १ हजार अवलोनकर्ता आउने गरेको धुर्मुसले बताए । उनले ठेला पसलबाट हुने सम्पूर्ण आम्दानी रंगशाला निर्माणमा खर्च गरिने जानकारी दिए । अहिले एउटा मात्र ठेला सुरु गरेका धुर्मुशले अब अर्को ठेला थपेर त्यसमा सुन्तलीले म:म: बेच्ने बताएका छन् ।

अवलोकन कर्ताबाट लिइने २० रुपैंया शुल्क र ठेलाबाट हुने आम्दानीबाट केही श्रमिकको ज्याला पुराउने योजना रहेको उनको भनाई छ । उनले सामाजिक संजाल मा लेखेका छन् – सेवा गर्ने मौका दिनुहोला…रङशाला ठेला पसल आज देखि औपचारिक रुपमा रङशाला निर्माण स्थल अगाडी शुरुवात गरेका छौ। यसबाट हुने नाफा सबै रङशाला निर्माण अभियानका लागि हुने जानकारि गराउछु।

Related Articles

Back to top button
Close