News

अब हेलिकप्टरबाट २९ हजारमै पाथिभरा र हलेसीको दर्शन

प्रदेश १ को प्रसिद्ध धार्मिक स्थल पाथीभरा र हलेसी महादेवको मन्दिर दर्शन गर्नका लागि सोमबार माउण्टेन हेलिकप्टरले हवाइ सेवा संचालन गरेको छ । धरानबाट हवाइ सेवा संचालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटक प्रमुख धार्मिकस्थल र हिमाली जिल्लाको रमणीय स्थलको दृष्य अवलोकनका लागि हेलिकप्टरमा आकाशमा उड्न थालेका छन्।

सोमबार धरान रंगशालाबाट सुरु गरिएको हवाइ सेवाको धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।धरानबाट हेलेसी र पाथीभरासम्म लगेर दुवै मन्दिरको दर्शन गरि यात्रुहरुलाई पुनः धरान ल्याउने व्यवस्था गरिएको धरान होलीडेजका संचालक अमृत मानन्धरले बताएका छन्।

उनले हलेसी र पाथीभरा हवाई यात्रा गरेवापत यात्रुहरुले प्रतिव्यक्ति २९ हजार रुपैयाँ बुझाउनुपर्ने बताएका छन् । त्यस्तै, धरान आसापासका क्षेत्रमा मात्र हवाई यात्रा गरेवापत ५ हजार रुपैयाँको प्याकेजको व्यवस्था गरिएको मानन्धरको भनाई छ ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरि यातायातका साधनबाट लामो दूरी यात्रा गर्न नसक्नेका लागि हेली सेवाले पर्यटकलाई थप सेवा पुग्ने धरानका पर्यटन व्यवसायी कुन्दन श्रेष्ठले बताएका छन्। तीन महिनासम्म संचालन हुने हवाई सेवा प्रभावकारी बनाउन सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा तथा भारतको दार्जेलिङ, सिक्‍किम र भुटानदेखिका भक्तजनलाई प्रचार प्रसारको माध्यबाट हलेसी र पाथीभरा मन्दिरको दर्शन गराइने श्रेष्ठले बताएका छन् ।

Related Articles

Back to top button
Close