News

भारतले नेपाली भूमि मिचेको वि’रोधमा अमेरिकामा नेपाली समुदायको प्रदर्शन

भारतले नेपाली भूमि मिचेको विरोधमा अमेरिकामा रहँदै आएका नेपाली समुदायले वि’रोध जनाएका छन् । वासिङ्टन डिसीमा उनीहरुले भारत विरुद्ध प्रदर्शन गरे । ‘गो ब्याक इन्डिया’, ‘कालापानी, लिपुलेक हाम्रै हो’, ‘हाम्रो जमिन फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेर नारावाजी लगाउँदै उनीहरु भारतीय दूतावासतर्फ लम्किएका थिए ।

आइतबार नेपाली समुदायका अगुवाहरु अमेरिकी राष्ट्रपति निवास रहेको ह्वाइट हाउस अगाडि अवस्थित पार्कमा नेपालीहरु भेला भएर वि’रोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा आएका अधिकांशले ढाका टोपी लगाएर नेपाली झण्डा समेत बोकेका थिए ।

भारतले लिपुलेक क्षेत्रलाई आफ्नो भूमिमा समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालबाट वि’रोध हुँदैआएको छ । सीमा क्षेत्रबाट भारतीय सेना हटाउनुपर्ने लगायत माग राख्दै वि’रोध हुँदैआएको छ ।

Related Articles

Back to top button
Close