Video

हिजो फेसबुकमा दिपक क्षेत्रीलाई हार्दिक श्रृद्धान्जली लेखेका केशव भट्टराईको शव आज दिपकसँगै एकै ठाउँमा (भिडियो हेर्नुस)

दुई दिन अगाडी मात्र अर्का कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृ त भेटिएका थिए । ‘शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका उनि सधैका लागि सुते जुन खबर एकदम मर्माहित थियो । उनको निधनको खबर संगै आज निधन भएका अध्यक्ष केशव भट्टराईले अफ्नो फेसबुक वालमा उनको खबर दुखद भएको भन्दै सामाजिक संजालमा उनको तस्विर राखेर श्रदान्जली अर्पण गरेका थिए तर दुखद कुरा के भने उनको तस्विरमा श्रदान्जलीको पोस्ट पुरानो हुन नपाउँदै आज आफै सधैको लागि यो संसारबाट बिदा भएका छन् । उनको यो अकस्मात भएको निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन उनलाई चिन्ने सम्पूर्ण नेपालीहरु सोकमाग्न छन ।

उनको निधन पछि कलाकार दिपकराज गिरीले पनि अफ्नो फेसबुक मार्फत निकै स्तब्ध भएको जनाएका छन् । उनले फेसबुक वालमा लेख्दै भनेका छन्, ‘यो फ़ोटो खोजेर यस माथि समबेदना लेख्दाको पिडा म शब्दमा बयान गर्न सक्दिन…अकल्पनियताको पराकाष्ठा’ उनले थप अघि लेख्दै भनेका छन्, ‘अस्ति स्व. शिब रेग्मीको निधनको बारेमा उहॉलाइ लाइ सम्झेर दुइ अक्षर लेखेको थिए.. हिजो मात्रै दीपक क्षेत्री दाइको निधनले दुखित तुल्यायो र केहि शब्द कोरे आज उनै शिब रेग्मीका प्रिय पात्र’ थप अगाडी लेख्दै उनले भट्टराईलाइ सम्झेका छन्, ‘एक सच्चा चलचित्रकर्मी केशबजी बित्नु भयो भन्ने समाचारले स्तब्ध भएको छू….. मान्छे म’रे पछि मात्रै उस्को प्रशंसा गरिने हाम्रो समाजमा उहॉ एउटा यस्तो पात्र जल्लाइ म ज्यूदै प्रशंसा गर्थे……म मात्रा होइन सायद धेरैले’ अघि लेख्दै दीपकले भने, “बिकाश बोर्डमा नियुक्त भएकै दिन मलाइ उहॉले भन्नु भएको थियो “तपाइले काम नगर्र्नेहरूलाइ खूब उडाएर लेख्नु हुन्छ अब मेरो पालो हो भनेर सोच्नु भाको होला तर म तपाइलाइ सकेसम्म त्यो मौका नै दिन्न मित्र” भन्नु भएको कुरा प्रतिध्वनित हूदै अहिले पनि कानमा गुन्जिरहेछ

Related Articles

Back to top button
Close