News

मंसिर १७ गते १८ गते सार्वजनिक बिदा

बाराको पवित्र धार्मिक सथ्ल गढीमाईमा लागिरहेको मेलाका लागि भन्दै पर्सा जिल्ला सहित प्रदेश नम्बर २ का साुमदायियक तथा निजी बिद्यालयहरुमा बिदा दिइएको छ । गढीमाई मेलाको अवसरमा प्रदेश २ सरकारले दुई दिन गढीमाई मेलाका अवसरमा मंसिर १७ गते १८ गते स्थानीय बिदा कट्टा हुनेगरी बिदा दिइएको हो । पर्सामा रहेका बिद्यालयहरु पनि बिदा गर्ने निर्णय भएको बताइएको छ ।

यसैबीच बलीका लागि भन्दै भारतबाट गढीमाईमा सयौं राँगाहरु भित्राइएको छ । यही मंसिर १७ र १८ गते गढीमाईमा बली चढाइने निश्चित भएको बताइएको छ । बली प्रथाका बिषयमा सर्बोच्च अदालतले समेत बली गढीमाईमा नचढाउन आदेश दिए पनि । भक्तजनहरुको आस्थाका बिषय भएका कारण आफूहरुले रोक्न नसकेको मेला बताइएको छ । हरेक पाँच बर्षमा लाग्ने मेला मंसिर महिलाभर संचालन हुनेछ।

Related Articles

Back to top button
Close