News

खुसिको खबर : पुल अ’लपत्र पार्ने पप्पुसँग ठेक्का तोडियो, ध’रौटी ज’फत, साढे ६ करोड ज’रिवाना

काठमाण्डौ – मध्यपहाडी राजमार्गमा पुल निर्माण अ’पपत्र पार्ने पप्पु/नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तो’डिएको छ ।
पटक–पटक चे’तावनी दिँदा पनि २ वटा निर्माण पूरा नगरेको भन्दै मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले कालोसूचीमा राखेर ध’रौटीसमेत जफत गर्ने निर्णय गरेको हो । यसको लागि कार्यालयले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गर्ने मध्यमहाडी राजमार्ग कार्यालयले जनाएको छ ।

पप्पु/नेपाल प्रगति जेभीले खुर्कोट घुर्मी सडक अन्तगरत खाङसाङ र सोलुखोलामा पुल बनाउन २०६८ सालमा सम्झौता गरेका थिए । तर पटक–पटक स्पष्टिकरण सोध्दा चित्त बुझ्दो स्पष्टिकरण नदिएको र काम सुरु नगरेकाले ठेक्का तो’डिएको आयोजनाले जनाएको छ ।

सम्झौता गर्दा राखेको ध’रौटी रकम पनि ज’फत गर्ने र ६ करोड ६० लाख २२ हजार रुपैयाँ ज’रिवाना भराउने पनि आयोजनाले जनाएको छ । ३५ दिनभित्र ६ करोड ६० लाख रुपैयाँ सरकारको खातामा नबुझाए पप्पु/नेपाल प्रगति जेभीको अरु सम्पत्तिबाट असुल गरिने पनि आयोजनाले जनाएको छ ।

Related Articles

Back to top button
Close