News

सिन्धुपाल्चोक दुर्घ टना: बस भिरवाट झर्नै लाग्दा झ्यालवाट हामफालेर भागेका चालक अझै सम्पर्कमा आएनन्

काठमाडौं, २९ मंसिर । । सिन्धुपाल्चोकमा आइतवार विहानै दुर्घ टना भएको बसका चालक अझै सम्पर्कमा आएका छैनन् । आइतवार बिहान कालिन्चोक भगवतीको दर्शन गरेर भक्तपुर फर्कदै गरेको बस दुर्घ टना हुँदा १५ जनाको निधन भएको छ । घट नामा १९ जना घाइते भएका छन् । दुर्घ टना हुनुअघि नै झ्यालवाट हाम फा लेर भागेका बसका चालक भने अझै सम्पर्कमा आएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले चालक सुमन तामाङको खोजी भइरहेको जनाएको छ । बसका घाइतेले बताए अनुसार उनी बस भिरवाट तल झर्न थालेपछि झ्यालवाट हामफालेर भागेका थिए । त्यसपछि उनी कहाँ गए, अहिलेसम्म खुलेको छैन ।

तामाङ श्रीमती र छोरालाई छेऊमा राखेर गाडी चलाइरहेका थिए । भक्तपुरको जगातीस्थित आदर्श टोलबाट कालिञ्चोक दर्शन गर्न टोली नै जाँदा उनले पनि परिवारका सदस्यलाई लगेको घाइतेहरुले बताएका छन् ।

दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर काठमाडौं फर्केका यात्रु चढेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस लामोसाँघु(जिरी सडक खण्डको छ किलोमा सडकबाट ५ सय मिटर तल खस्दा १५ जनाको निधन भएको हो ।

दुर्घ टनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको निधन भएको छ । निधन हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ रहेका छन् ।

त्यस्तै दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको पनि निधन भएको छ । दुई जनाको भने नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घ टनामा घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close