News

खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताको भूमिका महत्वपूर्ण : मन्त्री मगर

काठमाडौँ, २९ मंसिर । खानेपानी मन्त्री विना मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।
आज काठमाडौँमा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी हुन् ।

कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव रामचन्द्र उपाध्यायले उपभोक्ता समितिले निर्माण गरेका करिब ९० वटा सहरी आयोजनाहरु नमुना आयोजनाको रुपमा स्थापित भएको बताउँदै उपभोक्ताहरुको विश्वास बढेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले खानेपानी विस्तारका लागि सडक भत्काउने तर नबनाउने प्रवृति रहेकाले त्यसमा सचेत रहन आग्रह गरे ।

Related Articles

Back to top button
Close