News

सिन्धुपाल्चोक बस दु’र्घ’ट’ना : आमाको मृ’त्यु’, चालक बाबु फरार, ७ महिनाकी बालिकाको बिच्चली

खाडिचौर । १२ यात्रुको घ’ट’ना’स्थलमा नै मृ’त्यु भएपछि प्रहरी र स्थानीयले घा’इ’तेहरुको उ’द्धार गरेर दु’र्घ’टनास्थल भन्दा ६ किलोमिटर तल रहेको सिन्धु सदावहार अस्पताल खाडिचौर ल्याए । सबैभन्दा सुरुमा ६/ ७ महिनाकी बालिकालाई उपचारको लागि अस्पतालमा ल्याइएको थियो । अस्पतालका डाक्टरहरुले उनको उपचार सुरु गरे ।

बालिकाको अवस्था सामान्य थियो । बालिकाले दुघ खान खोजेपछि अस्पतालका कर्मचारीहरुले बोतलको दुध ल्याएर खुवाउन खोजे तर बालिकाले खान नमानेको सिन्धु सदावहार नर्सीङ कलेजकी प्रिन्सीपल सपना शाहा ले जानकारी दिइन् । अस्पतालमा घा’इ’तेहरुको अवस्था बुझ्न आउँनेहरुको भिड थियो,त्यही भिडमा रहेकी एक जना महिलाले ति बालिकालाई आफ्नो दुध चुसाइन् र भनिन्–‘बच्चीको आफन्त नआउदा सम्म म दुध चुसाउँछु ।’

ति महिला थिइन सुनकोशी गाउँपालिका–७ माझी गाउँकी सुनिता माझी । माझीको पनि भर्खरैको बच्चा भएकाले आफ्नो बच्चा सम्झेर नै दुध चुसाएको बताइन् ।अस्पतालमा घा’इतेहरुको आफन्त आउने क्रम थियो, तर दिउँसो अबेरसम्म पनि ति बालिकाको कोही आफन्त नआउँदा अस्पताललाई समस्या भएको थियो। पछि पत्ता लाग्यो ती बालिका बस चालक सुमन तामङको छोरी रहेछिन् ।

कालिञ्चोक दर्शन गर्न बस रिजर्भ पाएपछि चालक तामाङले श्रीमती र छोरीलाई पनि सँगै लिएर गएका थिए । बस दु’र्घ’टनामा चालक तामाङको श्रीमतीको मृ’त्यु’ भएको छ भने चालक तामाङ फरार छन् । प्रहरीले उद्धार गरेर ल्याएको ति बालिकाको आफन्त नआउँदासम्म अस्पतालमा नै ती बालिकालाई राखिने सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

Related Articles

Back to top button
Close