News

नयाँ कार्यक्रमवाट रवि लामिछाने उत्साहित ‘कार्यक्रमका लागि यति धेरै निवेदन आएको छ की हामी छक्कै परेका छौं’

काठमाडौ । रवि लामिछानेले सञ्चालन गर्ने नयाँ रियालिटि शो का बारेमा डा बाबुराम भट्टराईलाई निर्णायक राखिएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भएको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा जसका पार्टीका उम्मेदवारले धरौटी समेत जोगाउन सकेनन् उनैलाई निर्णायक राखिएको भन्दै टिप्पणी भएको हो । रवि लामिछाने सञ्चालक रहेको द लिडर नामको रियालिटि शो मार्फत मुलुकका लागि नेता खोज्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रमको निर्णायकहरुमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, रविन्द्र मिश्र र पूर्व प्रधानन्यायधिस शुशिला कार्कीलाई राखिएको छ ।

डा बाबुराम भट्टराई र रविन्द्र मिश्रलाई निर्णायकको रुपमा लिएको भनेर सामाजिक संजालमा नकारात्मक टिप्पणी आएको छ । द लिडरबाट नेता जन्माउने लक्ष्य रहेको र निर्णायक चाही राजनीतिमा असफल पात्र लिएको भन्दै टिक्का टिप्पणी भएको हो । एउटा कार्यक्रमका लागि पोखरा पुगेका रवि लामिछानेले सामाजिक सञ्जालमा आएका त्यस्ता टिप्पणीको जवाफ दिएका छन् । उनले निर्णायकका रुपमा राखिएका पात्रहरुका कारण कार्यक्रमको लक्ष्यलाई असर नपर्ने तर्क प्रस्तुत गरेका छन् ।

रवि लामिछानेले भने डा बाबुराम भट्टराईको राजनीति अवस्थाले हाम्रो शोलाई कुनै खालको असर पर्दैन त्यो दर्शकले शो आएपछि बुझ्नुहुनेछ । डा भट्टराई गोरखाको गाउँबाट पढाईमा टप गर्दै राजनीतिमा लागेको यात्रा उदाहरणीय छ जसले गर्दा हामीले वहाँलाई निर्णायक लिन जरुरी सोच्यौं । वहाँको राजनीतिक अवस्था वा पार्टीको अवस्थाले हाम्रो शो वा प्रतिस्पर्धीहरुलाई कुनै नराम्रो असर पर्दैन । साथै दर्शकहरुले टिक्का टिप्पणी गर्नु भनेको हाम्रो शोको लागी ठुलो आशा रहेको बुझेको छु र झन् बढ्दो मेहेनत गर्नुपर्ने पाएको छु ।

रविका अनुसार दुई दिनभित्र संसारभर बाट धेरैले यस शोमा सहभागी हुन आवेदन दिएका छन् । ठुलो पदमा रहेका देखि विदेशमा पढे लेखेकाहरुले आवेदन दिएको देख्दा आफ्नो टिम छक्क परेको छ उनले भनेका छन् ।

ज्येष्ठ नागरिकको बीमा गरिने

इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने ६० देखि ७० वर्षका ज्येष्ठ दलित नागरिकको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो ।

आगामी पुस १ गतेदेखि लागू गरी पारिवारिक स्वास्थ्य बीमा गरिदिने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । स्वास्थ्य उपचारमा सहज होस् भनेर नगरपालिका आफैँले स्वास्थ्य बीमा गरिदिने भएको बताए । रकम अभाव भएर उपचारमा जान नसक्ने, गएर पनि उपचार गराउन नसक्नेलाई यो कार्यक्रमले लाभ मिल्ने नगरपालिकाले अपेक्षा गरेको छ ।

इलाम नगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख पदबहाल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिकाभित्र एक दिन शोक बिदा दिइने भएको छ । नगर कार्यपालिकाको बैठकले बहाल रहेकै अवस्थामा निधन भएमा नगरपालिकाअन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थामा एक दिन शोक बिदा दिने निर्णय भएको हो ।

बैठकले नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्य तथा वडा सदस्यको पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालयमा रहेको शैक्षिक संस्थामा एक दिन शोक बिदा दिने भएको हो । बहालवाला पदाधिकारीको स्वभाविक मृत्यु भएमा मात्र उक्त शोक बिदा दिने व्यवस्था रहेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । नगरपालिकाले कार्यविधि बिदा व्यवस्थित गर्ने, कार्यविधि स्वीकृत गरी बढीमा छ दिन स्थानीय सार्वजनिक बिदा दिने भएको छ । “इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत गरी बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै सङ्घीय तथा प्रदेश सरकारले घोषणा गरेको बिदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा एक वर्षमा छ दिन भन्दा नबढाई कार्यपालिकाबाट निर्णय गरी बिदा दिने कार्यविधिमा उल्लेख छ । नगरपालिकाले आगामी पुस २ गते इलाम नगरपालिका–१० गोदकस्थित लेप्चा जातिको बसोवास रहेको क्षेत्रमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्ने भएको छ ।

आगामी ६ देखि १७ पुससम्म जनताको घरदैलोमा पुगेर जनताका गुनासो सङ्कलन गर्न ‘जनतासँग मेयर कार्यक्रम’ इलाम १२ वटै वडामा सञ्चालन गर्ने भएको छ । भ्रमण वर्ष २०२० का क्रियाकलाप प्रवद्र्धन र आवश्यक प्रचारप्रसारका लागि इलाम नगरपालिकामा नगर प्रमुख महेश बस्नेतको संयोजकत्वमा समितिको गठन गरेको छ ।

Related Articles

Back to top button
Close