News

आज पनि देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपात हुने

आज पनि देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशको पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षा भएपनि मध्य र पूर्वी पहाडी क्षेत्रका पहाडमा पानी पर्ने उल्लेख गरेको छ।

आइतबार राती पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ। हिउँदयाममा देशको पश्चिमी भागबाट भित्रने वायुका कारण नेपालमा वर्षा र हिमपात भई चिसो बढ्ने गर्छ।

मौसमविदहरुले चिसोबाट बच्न तातो र झोलिलो पदार्थ खान तथा बाक्ला र न्यानो लुगा लगाउन आग्रह गरेका छन्।

Related Articles

Back to top button
Close