News

कालिन्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना,१३ जनाको घटनास्थलमै निधन

दोलखाको कालिन्चोकबाट भक्तपुर जादै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै निधन भएको छ । बा २ ख ४४६८ नम्बरको बसआज बिहान सुनकोशी ७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै निधन भएको हो । बा ४ ख ४४६८ नम्बरको बस ६ किलोमा दुर्घटना हुँदा १३ जनाको निधन भएको जिल्ला ट्राफिक प्रहरी अधेरीले जानकारी दिए।

जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चखेकका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस सडकमै पुगेको थियो।प्रहरीका अनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन्। उद्धारमा जुट्नु परेकोले सम्पूर्ण घटनाको यकिन भएको छैन। घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

यो पनि पढ्नुहोस : २२ नक्कली परीक्षार्थी पक्राउ

लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ ।विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई गरी २२ नक्कली परीक्षार्थी पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । “केहीले आफन्तलाई सहयोग र केहीले पैसा लिएर परीक्षामा सहभागी भएको पाइएको छ, यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्दैछौँ,” प्रहरी उपरीक्षक पन्तले भन्नुभयो । जवान पदको लिखित परीक्षामा तीन हजार ३०० परीक्षार्थी सहभागी थिए ।

Related Articles

Back to top button
Close