News

न्यानो कपडा बोकेर सहयोग गर्न नुवाकोट पुगे क्याप्टेन विजय लामा,

काठमाडौं क्याप्टेन विजय लामा हिजो ( शुक्रबार )नुवाकोटको ककनी गाउँपालिका को वडा नम्बर ५ स्थित जालपादेवी आधारभूत विद्यालयमा पुगेका छन । त्यस विद्यालयका विद्यार्थीहरुको लागि उनले न्यानो कपडा र दिवा खाजा लिएर त्यहाँ पुगेका हुन् ।

न्यानोपन संस्था मार्फत ति सामग्रीहरु लिएर उनि त्यहाँ पुगे । सोही वडाका नेपाली काँग्रेसका प्रत्यासी वडाध्यक्ष बुद्धराज लामा र नेपाल तरुण दल क्षेत्र नम्बर १ नुवाकोटका अध्यक्ष यदुमान लामाको पहलमा वरिष्ठ अभिनेता लामा त्यसरी पुगेका हुन् । यसअघि उनी सोही ठाउँमा असार १५ को रोपाइँ जात्रामा प्रमुख अतिथि भएर पुगेका थिए ।

बरिस्ठ अभिनेता लामाको उपस्थिति देख्दा, शिक्षिका उषा लामाले गर्वको महसुस भएको कुरा बताइन् । उनले भनिन्, सधैं स्क्रिनमा देखिएका अनुहारले शैक्षिक विकासमा बालबालिकालाई उत्साह प्रदान गरेकोमा बेहद खुशी छु भनिन । यसैगरी केही बिद्यार्थीले उनी अभिनित चलचित्रका गीत पनि गुनगुनाएका थिए ।

Related Articles

Back to top button
Close