News

बला त्का रको आरोप लागेका कांग्रेसका नेता साहको रिहाईको माग गर्दै प्र दर्शन

काठमाडौं, २७ मंसिर । बला त्का रको आरोपमा प्रहरी हिरा सतमा रहेका वडाध्यक्षलाई रिहाइको माग गर्दै राजविराजमा प्र दर्शन भएको छ । कांग्रेसवाट निर्वाचन लडेर वडाध्यक्ष बनेका नेता लक्ष्मी साहको रिहाईको माग गर्दै प्रद र्शन भएको हो । उनी शम्भुथान नगरपालिका वडा न १२ का अध्यक्ष हुन् । उनलाई गत शुक्रबार ब लात्का र गरेको आ रोपमा प्रहरीले प क्राउ गरेको थियो ।

स्थानिय ३५ बर्षिया एक महिलाले आफुलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले ब ला त्कारको प्रयास गरेको भन्दै उ जुरी दिएपछि अनुसन्धानका लागी गत बुधबार विहान प्रहरीले साहलाई निय न्त्रणमा लिएको थियो । नियोजित तरिकाले रचिएको षड न्त्रबारे सुक्षम अनुसन्धानै नगरी वडाध्यक्ष साहलाई प क्राउ गरिएको भन्दै वि रोध गरिएको हो । काँग्रेसले शुक्रवार राजविराजमा प्रद र्शन गर्दै ज्ञापन पत्र बुझाएको छ । साहलाइई झुठो मु द्दा लगाई प्रहरीले प क्राउ गरेको भन्दै काँग्रेसले वि रोध गरेको छ । मु द्दा खारेजगरी वडाध्यक्ष साहलाई अबिलम्भ रि हा नगरीए आ न्दोलन चर्काउने चे ता वनी समेत दिएको छ ।

राजविराज वजारमा सुरु भएको प्रद र्शनले बजार परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाईएको छ । सोज्ञापनपत्रमा निर्दोष वडाध्यक्षलाई झुठो उ जुरीको आधारमा सत्यतथ्य छानविन नै नगरी मु द्दा दर्ता गरिएकोमा कडाआपत्ती जनाउँदै घ टनाको उच्चस्तरिय छानविन हुनुपर्ने माग गरिएको छ ।
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन् । काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गरे ।

उनले भने, “प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाइँहरुलाई छैन ।” उनले सङ्गठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्को विकल्प नरहेको बताए ।

गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्न निर्देशन दिए ।

उनले प्रहरीबाट सम्पादन भएको कामको प्रशंसा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपाल प्रहरीको अहम भूमिका रहने बताउनुभयो । उनले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकलाई निर्भीकरूपमा कर्तव्यपालना गरेर शान्ति सुरक्षामा अब्बल बन्न निर्देशन दिए ।

कानून कार्यान्वयनकर्ताका रूपमा छनोट भएर आएका प्रहरीले सङ्गठनको भावनाअनुसार काम गर्ने उनले आशा व्यक्त गरे । उनले कार्यक्षेत्रमा पुगेर क्षमतालाई थप परिष्कृत गर्दै राष्ट्रलाई लगानीको उचित प्रतिफल दिने अपेक्षा रहेको बताए ।

गृहमन्त्री थापाले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाई राज्यप्रतिको विश्वासमा कमी हुन नदिन आग्रह गर्दै प्रहरीले परिस्थितिअनुसार काम गर्नु पर्नेमा जोड दिए । अठार महिना लामो प्रक्षिणबाट प्राप्त सैद्धान्तिक र व्यावहारिक ज्ञानले समस्या पहिचान र त्यसको समाधानमा अब्बल भई शान्ति सुरक्षा प्रभावकारी बनाउन उनको आग्रह थियो ।

अबको प्रहरी अपराध अनुसन्धान, शान्ति निर्माणका साथै सामाजिक विकासको हरेक गतिविधिमा जोडिएको उल्लेख गर्दै गृहमन्त्री थापाले नैतिक समाजको बृहत्तर हितमा विचलित नहुन र निर्धक्क भएर जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिए । आपराधिक समुहहरुले सामाजिक खलल पुर्याउने सम्भावनाप्रति प्रहरी सदैव सचेत हुनुपर्नेमा उनको जोड थियो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिमबाट नौ महिलासहित ९१ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।

Related Articles

Back to top button
Close