News

ते’जाब प्र’हारबाट घा’इते मुस्कानको प्लाष्टिक स’र्जरीका लागि अमेरिकी डाक्टरकाे टोलीले गरे यति ठुलो सहयोग

ते’जाब प्र’हारबाट घा’इते भएकी वीरगंज निवासी मुस्कान खातुनको प्लास्टिक स’र्जरी गरिएको छ। तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक स’र्जरी गरेको हो ।

त्यस्तै मुस्कानलाई थप आर्थिक सहायता सहित अस्पतालमा चाहिने आवश्यक सुविधाको व्यवस्थापन गर्न वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी अस्पतालमा पुगेका थिए। मेयर सरावगीले मुस्कानको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

यो पनि समाचार

चर्चित अभिनेता, लेखक, संगीतकार तथा टेलिभिजन प्रस्तोता रिचर्ड ओ ब्रायन जसलाई झट्ट हेर्दा पुरुष हो कि महिला हो भनेर छुट्ट्याउन गाह्रो पर्ने गर्छ । सन् १९७३ मा उनले एक सांगीतिक स्टेश शो ‘द रकी हरर शो’ लेखेका थिए । यो प्रस्तुति अन्तर्राष्ट्रिय स्तरमै निकै चर्चित बनेको थियो । उक्त शो पश्चात् उनको छुट्टै पहिचान स्थापित भएको थियो ।

रिचर्ड महिला हुन् कि पुरुष ? उनको नाम अनुसार उनी पुरुष नै हुन् । तर उनी चाहिँ आफूलाई महिला र पुरुषको बीचको मान्छे मान्दछन् । बीबीसीसँग उनले भनेका छन्, ‘म जे होइन, त्यो देखिन चाहँदिन । अभिनेता एन्टन रोजरले मलाई तिमी महिला र पुरुष बाहेक अरु नै केही हौ भनेर भने । मलाई लाग्यो कि उनले भनेको ठीक हो । यो रवैया मलाई मन पर्‍यो ।’

रिचर्डले सन् २०१३ मा एक अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्ताका क्रममा उनले आफू महिला र पुरुषको बीचको मान्छे भएको बताएका थिए । उनले आफू ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको दाबी गरेका थिए, त्यसबेला । सन् २०१७ मा उनले एउटा विवादास्पद अभिव्यक्ति दिए । समलिंगी महिलाहरु खास महिला नभएको उनले बताएका थिए त्यतिबेला ।

बीबीसीसँगको एक अन्तरवार्ताका क्रममा रिचर्डलाई सोधियो, ‘पासपोर्टको आवेदन दिने बेलामा तपाईंले महिला र पुरुषमध्ये कुन विकल्पमा चिनो लगाउनुहुन्छ ?’ जवाफमा उनले भने, ‘पुरुषमा चिनो लगाउँछु । तर मलाई ‘अन्य’ भन्ने विकल्पमा चिनो लगाउन मन लाग्छ ।’ अहिले ७७ वर्षको उमेर पुगिसक्यो उनको । रिचर्डले जीवनकालमा अहिलेसम्म ३ पटक बिहे गरिसकेका छन् । उनका ३ वटा छोराछोरीसमेत छन् ।

सन् १९७१ मा उनले अभिनेत्री किमी वांगसँग बिहे गरे । वांगसँग बाट एकवर्ष पछि नै एउटा छोरा जन्मियो । उनले बार डिजाइनर जेन मससँग दोश्रो बिहे गरे र दुईजना छोराछोरी जन्माए । सन् २०१३ मा रिचर्डले तेस्रो बिहे गरे । जर्मन नागरिक ३५ वर्षीया सबरिना ग्राफसँग उनले तेस्रो बिहे गरेका हुन् । तीन वर्ष लामो प्रेम सम्बन्धपश्चात् रिचर्ड र सबरिनाले बिहे गरेका थिए ।

Related Articles

Back to top button
Close