News

मालिका मन्दिरमा चिच्याएर मागेको वर अवश्य मिल्छ, सेयर गरौं !

काठमाडौं : बैकुण्ठ चतुदर्शीका अवसरमा गुल्मीमा लाग्ने मालिका मेला तथा मालिकादेवीको दर्शनका लागि बाग्लुङ्ग तथा अर्घाखाँची जिल्ला लगायतका देशका विभिन्न ठाउँबाट मालिका मन्दिरको दर्शन तथा पुजाआरधा गर्न हजारौं भक्तजनहरु तथा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ ।

विहानैदेखि हजारौं भक्तजनमा लाइन बसेर वर माग्ने पुजा आराधना गर्ने गर्दछन् । जहाँ चिच्याएर वर मागेको अवश्य मिल्छ जनविश्वास रहेको पाइन्छ । तर, अहिले मनमनै पनि माग्ने चलन बढेको छ । पहिले चिच्याएर मागेको वर अवश्य मिल्ने जनविश्वास भएता पनि आजभोलि त्यो परम्परा क्रमश हराउँदै गएको स्थानीय बताउँछन् । नयाँ पुस्ताहरु प्राय सबै पढेलेखेका र विद्धान र चेतनाको स्तर वृद्धि भएपछि वर पाइन्छ भने मनले कल्पना गरेपनि वर पाइन्छ भनेर प्राय सबैले मनमनै वर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्मा बताउँछन् ।

समतिका अध्यक्ष शर्माले भने ‘दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मध्यनजर गरी विहानैदेखि मन्दिरमा परेवालाई ब’लीको रुपमा नचढाई परेवा शान्तीका प्रतिक भएको हुँदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको छ।’ जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध मानिने गरेको छ।

आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भा’कल चढाउन मालिकामा भक्तजनको घुइँचो लागेको हो। बैकुण्ठ चतुर्दर्शीको अवसरमा लाग्ने मेला र महोत्सवलाई मध्यनजर गरी मालिकाको दर्शन गर्न विभिन्न स्थानहरुबाटअघिल्लो दिन साँझदेखि नै टाढा टाढाबाट सवारी साधन र पैदल यात्रा गरि हजारौँ श्रदालु भक्तजनहरु मालिकादेवीको दर्शन गर्न आउने गर्छन् ।

मेलासँगै मन्दिर आसपासमा रहेका होटल व्यवसाय, पुजा आरधनाका सामाग्री र फलफूल लगायतबाट व्यापारीहरुले लाखौंको आम्दानी गरेको पाइन्छ । शिव बैकुण्ठ चतुदर्शीको अवसर पारेर विगत केहि बर्षयता निरन्तर रुपमा मालिकाको प्रसार प्रचार गदै मालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुगोस् भनि विगतदेखि निरन्तर रुपमा मालिका महोत्सव आयोजना गदै आएको मालिका महोत्सव समितिका आर्थिक संयोजक रामप्रसाद अर्यालले जानकारी दिए।

Related Articles

Back to top button
Close