News

विबाह गरेको २ महिनामा पूर्व प्रेमिकासँग पत्निको झगडा हुँदा चक्कु आक्रमणबाट मारिए लक्ष्मण

काठमाडौँ ३१ साउन । काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार ९चक्कु० प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । हत्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र र्वप्रेमिकाबीच झगडा भएको र त्यही विवादका क्रममा चक्कु प्रहारबाट उनको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार लक्ष्मणले २ महिनाअघि मात्रै विबाह गरेको र विवाहपछि पनि पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा रहेका कारण उनी पत्निले पूर्व प्रेकिालाई फोनमा गाली गरेपछि दुवै पक्षबिच भएको चक्कु ह ानाहानमा लक्षमण मारिएको बताइएको छ ।

Related Articles

Back to top button
Close